इलामको चिया २३ मुलुकको एकसय ९१ नमुनामा पहिलो

Hot News Special News Trending बिजनेस

इलाम : नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो ।इलामस्थित लामण्डला स्पेशियलिटी चिया प्रशोधन उद्योगले अर्गानिक कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो ।

यस्तै इलामकै कञ्चनजंघा अर्गानिक चिया उद्योग, लालिगुराँस चिया प्रशोधन उद्योग र जस्बीरे चिया प्रशोधन उद्योगले सिल्भर अवार्ड पाएको हो । नेपालको तीन उद्योगबाट उत्पादन हुने चियाले पनि सिल्भर अवार्ड प्राप्त गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार राजधानीमा एक कार्यक्रम गरी गोल्ड तथा सिल्भर अवार्ड नेपाली उद्योगीलाई हस्तान्तर गरेको छ ।

चिनियाँ सरकारको स्वामित्वको टी इण्डस्ट्रि कमिटी अफ चाइना एशोसिएसन फर द प्रमोशन अफ इन्टरनेशनल कोअपरेशनले २३ मुलुकबाट संकलन गरेको एक सय ९१ प्रकारका चियाको नमुनाबाट नेपाली चियालाई अवार्ड प्रदान गरेको हो । बोर्डले नेपालमा उत्पादन हुने विभिन्न प्रकारको चियाको नमुना संकलन गरी चीनको उक्त संस्थालाई उपलब्ध गराएको थियो । वाणिज्य न्युज

चिया टिप्दै मजदुर

Leave a Reply

Your email address will not be published.