इलाम नगरपालिकामा खानेपानीको महसुल इ–सेवाबाटै

Special News Trending बिजनेस समाज


इलाम: इलाम नगरपालिकामा वितरण भएको खानेपानीको महसुल अब इ–सेवामार्फत तिर्न पाइने भएको छ । नगरबासीको सुविधाको लागि भनेर नगर कार्यपालिकाले इ– सेवामार्फत महसुल बुझाउन सकिने गरि ब्यवस्था गर्दै गरेको जनाइएको छ ।
चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिक अर्थात बितेका चार महिनामा नगर कार्यपालिकाबाट गरेका निर्णयहरुको कार्यानवयनका बारेमा सूचना दिने क्रममा यो जानकारी दिइएको हो । हिजो शनिबार सम्पन्न नगरपालिकाको पहिलो चौमासिक बैठकपछि यस्तो जानकारी आएको हो ।
बैठकमा बितेका चार महिनामा भएगरेका कामकारबाही तथा निर्णयका बिषयमा छलफल र समीक्षा भएको थियो । बैठकमा खानेपानीको महसुल तिर्न नगरबासीलाई सहज होस भन्ने हेतुले इ–सेवासँगको सहकार्यमा त्यस्तो सुविधाको ब्यवस्था गर्न लागिएको बताइएको थियो ।
बैठकमा नगरपालिकाले चार वटा वडाहरु ९वडा नम्बर ४ माईपोखरी, ६ पिपलबोटे, ८ तिल्केनी र ९ गोलाखर्क०मा आधारभूत स्वास्थ्य केन्द्र स्वीकृत भएको जानकारी दिइएको थियो । त्यस्तै हाल १२ वटै वडाहरुमा वडा कार्यालयमा नगरपालिकाले इन्ट्रानेटको माध्यमबाट इन्टरनेट सेवा सञ्चालन गरि सहज रुपमा नगरबासीलाई सेवा दिइरहेको र सबै वडा कार्यालयमा सीसीटीभी एवम् विद्युतीय हाजिरीको ब्यवस्था गरि नगरपालिकाबाट अनुगमन भइरहेको पनि बताइयो ।
नगरपालिकाले यो चार महिनामा भिओआईपीको माध्यमबाट सबै वडामा टेलिफोन जडान गरेको, नगर कार्यपालिकाको कार्यालयमा डिजिटल नागरिक वडापत्र तथा सूचना बोर्डको ब्यवस्था गरेको, खानेपानीको आपूर्तिमा सुधार गरि सहज बनाएको र विद्यार्थी स्वास्थ्य कार्यक्रमअन्तर्गत निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम अगाडि बढाएको छ । त्यस्तै वडा नम्बर ३, ४ र ११ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरि कार्यालयबाटै सेवा प्रदान गर्न थालिएको छ भने सबै वडामा मेलमिलापसम्बन्धी तालिम तथा सीप विकास कार्यक्रमअन्तर्गत तरकारी तथा फलपूmल खेतीसम्बन्धी तालिम सम्पन्न गरेको जनाइएको छ ।
त्यसैगरि नगरपालिकाले सबै वडाका सडकहरुलाई बाह«ै महिना सञ्चालन गर्नका लागि एउटा ब्याकहु लोडर र दुईवटा ट्याक्टर खरिद गरेर मर्मत कार्य गर्ने, महेन्द्र रत्न बहुमुखी क्याम्पस छेउ लभपार्कबाट भालुढुङ्गाजाने बाटो चियाबगान डाँडासम्म झोलुङ्गे पुल तथा बञ्जीजम्पको निर्माण गर्ने जस्ता कामहरु शुरुवात गरेको छ । इलाममा विज्ञान पार्क, फनपार्क, माईपोखरीमा शिवालय मन्दिरसहितको पार्क निर्माणका लागि प्रकृया थालेको जनाइएको छ ।
नगरपालिकाले जेष्ठ नागरिक मिलन केन्द्रको थप ब्यवस्थापन, नगरका दुई वडामा दक्ष पशु प्राविधिक राख्ने कामका लागि पनि प्रकृया अगाडि बढाएको छ । नगरमा केही वर्षदेखि गुढ्दै आएका तीनपाङ्ग्रे सवारीको भाडादरमा एकरुपता ल्याउन तत्काल भाडादर कायम गर्ने पनि जनाइएको छ । सन्दकपुर अनलाईनबाट

Leave a Reply

Your email address will not be published.