कन्याममा खुल्यो सामुदायिक होमस्टे

Breaking News Mukya Samachar Special News Trending पर्यटन बिजनेस समाज

गोपाल गिरी, कन्याम :
नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै सूयौदय नगरपालिकाले आयोजना गर्न लागेको प्रथम सूर्योदय नगर महोत्सवको अन्तिम तयारी भईरहदा पर्यटकीय स्थल कन्याममा ग्रामीण पर्यटन व्यवसायमा आधारित होमस्टे संचालनमा ल्याईएको छ ।

गत कार्तिक महिनामा वडा नम्बर ७ मा संचालन भएको ३ दिने होमस्टे व्यवसाय सम्बन्धी तालिममा सहभागी भए पछि सामुहिक रुपमा होमस्टे संचालन गरिएको हो । ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने लक्ष सहित देउराली भ्यू सामुदायिक होमस्टे संचालनमा ल्याईएको छ ।
६ नम्बर वडाध्यक्ष शिवकुमार बस्नेतको प्रमुख आतिथ्यता तथामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खड्का ,प्रदेश नम्बर एक होमस्टे सोसिएसन उपाध्यक्ष धरणी घिमिरे ,होमस्टे व्यवसाय तालिमका प्रशिक्षक युवराज अर्याल ,अन्तुडाँडा सामुदायिक होमस्टेका सहसचिव प्रकाश खड्का लगायतको उपस्थिति रहेको थियो ।
उक्त तालिममा सहभागी १४ घर मध्ये अम्विका पौडेलको निवासमा अम्विका होमस्टेलाई सामुदायिक होमस्टे ईकाईको रुपमा रिवन काटेर विधिवत शुभारम्भ गरिएको थियोे ।
कार्यक्रममा बोल्दै सहभागीले व्यवसायीक सफलताको शुभकामना दिएका थिए ।प्रदेश नम्बर एक होमस्टे एसोसिएसनका उपाध्यक्ष धरणी घिमिरेले तालिम प्राप्त गरे लगतै यसको सुरुवात गरेकोमा प्रसन्नता व्यक्त गर्दै होटल र होमस्टेको फरक बारे स्पष्ट भई यस व्यावसायमा लागिरहन सुझाव दिएका थिए।
स्थानीय स्तरमै उपलब्ध हुने विभिन्न खाद्य परिकारहरुको स्वाद चखाउदै आउने पाहुनालाई घरवासको राम्रो व्यवस्था गरि आयआर्जन समेत गर्न सकिने होमस्टे व्यावसायको लागि धेरै पहिले देखि नै स्थानीयले परिकल्पना गरेको भए पनि यो वर्षबाट मात्रै कन्याममा यसले सार्थकथा पाएको छ ।

Leave a Reply

Your email address will not be published.