सूर्योदय महोत्सवको उद्घाटन
करफोक :
देश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देशकै सांस्कृतिकग्रामको रुपमा प्रदेश नम्बर एक रहेको बताउनु भएको छ । सूर्योदय नगरपालिकाको करफोकमा प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री राईले सबै भन्दा होचो देखि बिश्वको सबै भन्दा अग्लो सगरमाथा समेत यहि प्रदेशमा रहेकाले एक नम्बर प्रदेश पर्यटकीय सांस्कृतिकग्राम भएको बताउनु भएको हो । मुख्यमन्त्री राईले भन्नु भयो ‘ हामी पर्यटकीय र सांस्कृतिक रुपमा यति धनी छौ, यसलाई बिश्वमा छर्न सक्नु पर्छ , त्यसको शुरुवात सूर्योदयन गरले गरेको छ । मुख्यमन्त्री राईले प्रदेश एकका बिभिन्न स्थान आफैमा पर्यटकीय स्थल भएकाले यसलाई धेरै सजाई रहन नपर्ने बताउनु भयो । उहाले एक आपसमा हातेमालो गरेर पर्यटनको खेती गर्न सके देशकै उतृष्ठ स्थानमा एक नम्बर प्रदेश रहि रहने बताउनु भयो । कन्याम , श्री अन्तु , सूर्योदय ,रेडपाण्डा , चिया, ओलन अलैंची , अकबरे जस्ता कुरारे इलाम आफैमा समृद्ध रहेको बताउनु भयो ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाषद्हरु धिरेन्द्र शर्मा, राम राना, र खिनु लङ्वा, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, रोङ गाउँपालिका अध्यक्ष शम्शेर राई, फाकफोकथुमका अध्यक्ष राम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की , नेपाली कांग्रेसका पार्टी सभापति हिमालय कर्मचार्य , सुरक्षा निकाय र अन्य सरकारी अड्डाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महोत्सव मूल आयोजक समितिकी संयोजक तथा नगर उपप्रमुख दुर्गादेवी भट्टराईले स्वागत मन्तब्य राख्दै महोत्सव नगरबासीका लागि फलदायी भएको बताउनु भयो । कार्यक्रममा विभिन्न जातजातीका झाँकी प्रस्तुत गरिएको थियो । महोत्सव मङ्सिर १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवका क्रममा नगरपालिकाका १० वटा वडाहरुमा पर्ने पर्यटकीय स्थलहरुमा विशेष कार्यक्रमहरु आयोजना गरिएका छन् । श्रीअन्तु, समाल्बुङ, गोर्खे, फिक्कल, कन्याम, करफोक लगायतका स्थानमा आयोजना गरिएको छ ।