कन्याममा सुन्दर घोडा प्रतियोगीता हुँदै

Breaking News Mukya Samachar Special News Trending पर्यटन बिजनेस

प्रेम अधिकारी, फिक्कल :

प्रथम सूर्योदय पर्यटन महोत्सवको अवसरमा कन्याममा रहेका घोडाहरुबिच सुन्दर घोडा प्रतियोगिता गरिने भएको छ । घोडा ब्यवसाय र घोडचढीलाई थप प्रचार प्रसार गर्ने उद्देश्यले सुन्दर घोडा बिच प्रतियोगीता आयोजना गरिएको हो । कन्याममा रहेका घोडा ब्यवसायीलाई थप उत्साहि बनाउनका लागि सुन्दर घोडा प्रतियोगीता आयोजना गरिएको नगरपालिकाले जनाएको छ । कन्याममा बिगत लामो समय देखि स्थानीयले ब्यवसायीक रुपमा घोडचडी ब्यवसाय गर्दै आएका छन ।स्वदेशी तथा बिदेशी पर्यटकले कन्याममा चढ्ने घोडालाई थप सफा सुगर बनाउनका लागि र पर्यटकलाई आर्कषित गर्न सुन्दर घोडा प्रतियोगिता आयोजना गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।

नगर प्रमुख राईले भन्नु भयो ‘पर्यटकलाई थप आर्कशित गराउदै घोडा ब्यवसायीलाई प्रोत्साहित गर्न प्रतियोगिता नै गरेका हौ । ’ पर्यटकीय क्षेत्र कन्याममा ३९ वटा घोडा नगरपालिकाको मातहतमा रहेका छन् । उक्त क्षेत्रमा संचालित प्रति घोडाले नगरपालिकालाई दैनिक ५० रुपियाँ कर समेत तिर्दै आएका छन् । नगरले कन्याममा संचालित घोडालाई (पोषाक) ज्याकेट समेत अनिवार्य गराएको छ । घोडचडी ब्यवसायी संघ कन्यामका अध्यक्ष प्रेम तामाङले नगरले गराएको सुन्दर घोडा प्रतियोगिताले ब्यवसायीहरुमा थप उर्जा मिलेको बताउनु भयो । मंसिर १५ गते हुँने प्रतियोगितामा उत्साहका साथ ब्यवसायीले घोडा लैजाने उहाले जानकारी दिनु भयो । अध्यक्ष तामाङले भन्नु भयो‘ पर्यटक तान्ने कन्यामको ठूलो आधार नै घोडचडी हो, यसको छुट्टै रुट बनाएर ब्यवस्थित गर्नु पछ । ’
कन्याममा रहेका घोडामा पर्यटकले एक पटक सवार गर्दा एक सय रुपियाँ देखि दुई हजार रुपियाँ सम्म दिने गरेका छन ।

घोडा ब्यवसायीका अनुसार दुरीका आधारमा शुल्क लिने गरिएको छ । स्वदेशी तथा बिदेशी पर्यटक घोडचडीमा रमाउन कन्याम आउने गरेका छन । मोरङ घर भएकी पूर्वेली गायीका सृष्टी हिङमाङले घोडा चढ्ने रहर पुरा गर्न कन्याम आईपुगेको बताउनु भयो ।
भ्रमण बर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले शनिबार देखि पाँचदिने प्रथम सूर्योदय नगर महोत्सव आयोजना हुँदै छ । शनिबार बिहान प्रदेश १का मुख्य मन्त्री शेरधन राईले अन्तुडाँडामा सूर्योदयको दृश्यावलोकनसँगै सूर्यपूजा गरि गरी दिउसो पञ्चकन्याको करफोक विद्या मन्दिरमा औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पाँच लाख पर्यटकको आवागमन गराउने गरी कन्याम , अन्तु, गोर्खे , फिक्कल , करफोक लगायतका स्थानमा महोत्सव आयोजना गरिएको छ । महोत्सवमा स्थानीय खानाका परिकार , टी टेष्टीङ आदि पर्यटकको आर्कण रहने गरी आयोजना गरिएको महोत्सवमा नगरको ४१ लाख रुपियाँ बढी खर्च हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.