फाकफोकथुमको विकासका लागि आवधिक योजना निर्माण

फाकफोकथुमको विकासका लागि आवधिक योजना निर्माण

गोविन्द लामिछाने,आमचोक:

इलामको फाकफोकथुम गाउँपालिकाको सर्वाङ्गीण विकासका लागि एकीकृत आवधिक गाउँपालिका विकास योजना २०७६ निर्माण गरिएको छ । गाउँपालिकाले विभिन्न परामर्शदाताको सहयोगमा करिब आठ महिना लगाएर आवधिक गाउँपालिका विकास योजना निर्माण गरेको हो ।


दीर्घकालिन सोच, लक्ष्य र उद्देश्यका साथ निर्माण गरिएको विकास योजनाले आगामी पाँच वर्षमा आर्थिक, सामाजिक, भौतिक, साँस्कृतिक तथा प्रशासनिक पूर्वाधारहरुको न्यूनतम आधार तयार गरी गाउँपालिकाको दिगो विकास र समृद्धि निर्माणको आधारभूत जग स्थापित गर्ने र २० वर्षभित्रमा व्यवसायिक कृषि, पर्यटन तथा औद्योगिक विकास तथा शिक्षा र स्वास्थ्य सुविधासहितको समृद्ध गाउँपालिकाको रुपमा विकसित हुने लक्ष्य लिइएको छ ।
गाउँपालिकाको दीर्घकालिन सोच अनुरुप दिगो विकास लक्ष्यमा आधारित एकीकृत आवधिक गाउँपालिका विकास योजनाले स्थापित गरेका विकास लक्ष्य प्राप्त गर्न गरुयोजना समेत तर्जुमा गरी कार्यन्वयन गर्ने जनाइएको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती राई ९सरु० ले गाउँपालिकाको आवधिक विकास योजना अनुसारनै आगामी आर्थिक वर्षका लागि योजना प्राथमिकीकरण, बजेटलगायतका सम्पूर्ण विषयमा लागू गरिने प्रतिबद्धता व्यक्त गरिन ।
फाकफोकथुम गाउँपालिकाको पाश्र्वचित्र तथ्याङ्क प्रस्तुतिकरणसम्वन्धी आयोजित दुई दिने कार्याशाला गोष्ठीका अवसरमा दिगो विकासका लागि आधार तयार पारिएको गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । गोष्ठी समापन अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले गाउँपालिको चौतर्फी विकासका लागि तयार गरिएको आवधिक विकास योजनाले फाकफोकथुमको समृद्ध बनाउने चाहना पूरा हुने विचार व्यक्त गरे ।
पाथवे नेपाल प्रा।लि। इटहरीले आयोजना गरेको कार्याशाला गोष्ठीमा विज्ञ तारानाथ निरौला, प्रालिका प्रबन्ध निर्देशक सुवास बस्नेत, ईञ्जिनियर सुबोध वञ्जरा, परामर्शदाता रामप्रसाद खतिवडालगायतले गोष्ठीको सहजीकरण गरेका थिए । गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहाल, वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्य, गाउँसभा सदस्यहरु तथा गाउँपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।