माई नगरपालिकामा अनलाइनबाट राजश्व संकलन

माई नगरपालिकामा अनलाइनबाट राजश्व संकलन

माई: पौष १ वाट माई नगरपालिकाले अनलाइनबाट राजश्व संकलन गर्ने भएको छ । अनलाइन मार्फत राजश्व संकलनको काम गरिने भएपछि मंसिर २९ र ३० गते नगरपालिकामा कार्यरत कर्मचारीलाई अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

१ देखि १० नम्बर वडाका १÷१ जना कर्मचारीहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन माई नगरपालिका प्रशासन शाखा प्रमुख नवीन पौड्यालले गरेका थिए । नगरपालिकाका हलमा संचालन भएको तालिममा सुशासन र पारदर्शिताका लागि अनलाइनमा राजश्व संकलन कार्यको थालनी गरेको प्रमुख पौडेलले बताए ।

नगरको विकासमा नयाँ आयम थप्ने गरि अनलाइन मार्फत नगरपालिबासीलाई सेवा सुचारु गरिँदा जनताका काम छिटो छरितो हुने नगरप्रमुख दिपक थेवेले बताए । अनलाइनमार्फत सेवा सुचारुका लागि नगरपालिकाको १० वटै वडामा प्राविधिक जनसशक्ति र उपकरणको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । अभिमुखिकरण कार्यक्रमको त्रिभुवन सर्मा र दिपिका घिमिरेले सहजिकरण गरेका छन् ।