झापाका पूर्वाधार दमक केन्द्रित

Breaking News Mukya Samachar Special News Trending प्रदेश संस्करण बिजनेस समाज

मनिषा चम्लागाईँ, झापा :

देशको अन्य जिल्लाको तुलनामा झापामा बढी बिकासका परियोेजना सञ्चालनमा छन् । झापाको पनि क्षेत्र नम्बर –५को दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर भएकाले अधिकांश योजना दमक केन्द्रित रहेका छन् । दमकमा देशले नै गौरब गर्न लायक केही परियोजना निर्माणधिन छन् भने, अन्य केही योेजना निर्माण प्रक्रियाको चरणमा रहेका छन् । विगतका वर्षलाई हेर्ने हो भने जिल्लामा कुनै पनि ठूला विकासे योजना सञ्चालनमा थिएनन् । तर, प्रथम पटक प्रधानमन्त्री हुँदा ९२०७२ सालमा० ओलीले दमकको विकासमा गरेको घोषणा कार्यान्वयनमा आउन थालेका छन् ।
दमकमा औद्योगिक पार्क, विश्वकै अग्लो बुद्धको मूर्ति, भ्यू टावर, सभागृह, बहुतले बस पार्क, सपिङ कम्प्लेक्स्, रोज गार्डेन पार्क, बहुजातीय सांस्कृतिक संग्र्रहालय, पुल, विज्ञान पार्क, विश्व बैंकको सहयोगमा सडक निर्माण प्रक्रियामा छन् । दमकमा राष्ट्रिय योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले अर्बौँ बजेट विनियोजन गरेको छ ।

भ्यू टावर निर्माण सुरु
झापाको दमक नगरपालिका –३ दापगाछीमा भ्यु–टावर निर्माण सुरु भएको छ । २५ तले टावर निर्माणको काम १० प्रतिशत सकिएको छ । संघीय सरकार अन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर निर्माण कार्य अघि बढाइएको हो । भ्यु–टावरका पाँच बिघा जमिनमा बन्दै छ । जसका लागी स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् । १० कट्ठामा बन्ने टावर परिसरमा बगैंचा, पोखरी, फलैंचा, बालउद्यान र ४ सय मानिस अट्ने खुला स्टेजलगायत रहने छन् । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालय रहने जनाइएको छ । अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारी साधन राख्न मिल्नेछ ।
सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनाको ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले पाएका छन् । ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा उक्त टावर निर्माणको काम सक्नुपर्ने दमक नगरपालिकाले जनाएको छ । टावर निर्माणमा संघीय सरकारको सहरी विकास मन्त्रालयको मात्र लगानी रहने दमक नगरपालिकाका प्रमुख रोम ओलीले बताए । टावरमा १८ तला ९७२ मिटर० स्थायी संरचना र ७ तला ९२८ मिटर० स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले जनाए । प्रत्येक तला ४ मिटर उचाइको हुनेछ । प्रधानमन्त्रीले ०७३ जेठ २८ गते सो टावरको शिलान्यास गरेका थिए । अहिले टावरकोे जगको काम भइरहेका छ । ठूलो संरचना निर्माण गर्नु पर्ने भएकाले भएकाले जग बलियो बनाउन ‘पाइल’ प्रणालीबाट काम भइरहेको आयोजना कार्यलयले जनाएको छ । हाल चार मेसिन र दैनिक करिब ३ सय श्रमिक निर्माणमा खटिइरहेको उनले जानकारी दिए ।

मुलुककै ठूलो औद्योगिक क्षेत्र
लगानी बोडले झापामा औद्योगिक पार्क निर्माण साउनमा स्वकृति दिइसकेको छ । लगानी बोडले स्वीकृति दिएसँगै झापा क्षेत्र नम्बर – ५का तीनवटा पालिकाको संयुक्त जग्गामा ‘चाइना –नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माण हुने भएको हो । पार्क निर्माणको चर्चा सुरू भएको तीन वर्ष पछि लगानी बोर्डको बैठकले विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न दिने निर्णय गरेको हो ।
पार्क निर्माणका लागि दोस्रो चरणको जग्गा अधिग्रहण भइरहेको छ । गौरादह नगरपालिका, कमल गाउँपालिकाका र दमक नगरपालिकाको जग्गामा पार्क निर्माण हुने दममक नगरपालिकाका प्रमुख रोम ओलीले बताए । सन् २०१७ मा चीनबाट आएको टोलीले पार्क निर्माण गर्ने विषयमा सो क्षेत्रको अवलोकन गरेको थियो । पार्क निर्माणको जिम्मा दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिलाई दिइएको छ । लगानी बोर्डको बैठकले पार्क निर्माण गर्नका लागि ६४ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ ।
गौरादह नगरपालिका – ५, कमल गाउँपालिका –७ र दमक नगरपालिका– १०मा पार्क निमार्ण बन्ने भएको हो । पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङ –पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न स्वीकृति दिएको लगानी बोर्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पहिलो चरणको काम असोजदेखि थालिने बताइएको छ । पार्क निर्माणका लागि करिब २१ सय विगाह जमिन आवश्यक पर्ने बताइएको छ । अहिले ३४२ बिघा जग्गा अधिग्रहण भइसकेको छ । रतुवा खोलाले काटेको जमिनलाई स्थानीयबासीले भोग चलन गर्दै आएका छन् । सो क्षेत्रमा थप जग्गाको व्यवस्था गर्ने काम भइरहेको छ । अब भने कामले गति लिने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । “पहिलो चरणमा ६४ अर्ब रुपैयाँ छुटिएको छ” काफ्लेले भनिन्, “पहिलो चरणमा सात सय विगाह जमिनमा ६४ अर्ब रुपैयाँ चिनियाँ कम्पनीलाई लगानी गर्नका लागि बोर्डले स्वीकृति दिएको छ काम सुरु हुने विषयमा हामी विस्वस्त छौँ ।”
पार्क निर्माण पश्चात चीनमा स्थापित बहुराष्ट्रिय कम्पनी सो क्षेत्रमा स्थापना हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत बताउँछन् । मोबाइल फोन, सवारीसाधन, विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी स्थापना हुने बस्नेतले बताए । आफ्नो उत्पादनलाई विश्व बजारका सबै क्षेत्रमा सामान पु¥याउनका लागि यो औद्योगिक पार्कले सहयोग गर्ने बस्नेतको भनाई छ । “पार्क निर्माणमा नेपालको लगानी भनेको उपलब्ध गराइएको जमिन हो” बस्नेतले भने, “पार्क निर्माणको अवधि १० वर्ष रहने छ ।” ४० वर्षसम्म चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि मात्र नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ । तीन खर्ब ३३ अर्बको यो योेजना मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हुनेछ । दमक नगरपालिकाले ती उद्योगहरूलाई १० वर्षसम्म कर नलिने निर्णय गरिसकेको छ । पार्क निर्माण हुने विषय चर्चामा आएसँगै रोजगारी पाउने आशा स्थानीयमा छ । स्थानीय स्तरमा पार्क निर्माण गरेपछि स्थानीयलाई नै रोजगारी उपलब्ध गराउनु पर्ने स्थानीय पदमकुमारी विक बताउँछिन् । पार्क समयमा नै निर्माण हुने विषयमा भने स्थानीय जनप्रतिनिधि विश्वस्त छैनन् । समयमा पार्क निर्माण हुने विषयमा अहिले नै केही भन्न नसक्ने अध्यक्ष काफ्लेले बताइन् । चिनियाँ कम्पनीले नै बनाउने जिम्मा लिए पार्क समयमा नै निर्माण हुने जनप्रतिनिधि बताउँछन् ।

प्रदेशकै ठूलो सभागृह
दमक नगरपालिका– ९मा ‘दमक सभागृह’ निर्माणको काम ८० प्रतिशत पुगेको छ । प्रदेश १– कै ठूलो भनिएको सभागृह १ विगाह क्षेत्रफलमा निर्माण भइरहेको छ । संघीय सरकारको ३४ करोड रुपैयाँ लगानीमा उक्त सभागृह निर्माण भएको हो । २ वटा हल रहेको सभागृहमा एउटामा १५ सय जना र अर्को ३ सय जना र अटाउने क्षमताको रहेको छ । सभागृह सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको सहयोगमा निर्माण भएको हो ।
सभागृह ०७७ सालमा निर्माण सक्ने बताइएको छ  । सभागृह निर्माणको ठेक्का डाँफे एमए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले लिएको छ । सभागृह परिसदभित्रै रेस्टुरेन्ट, बैठक कक्ष, ६ वटा चेन्जिङ रुम, गार्डेन र व्यवस्थित पार्किङ रहनेछ । दुइटा ब्लक दुई तलाको हुनेछ भने मुख्य सभाहल साढे तीन तलाको निर्माण भइरहेको छ । सभागृह निर्माणका लागि स्थानीय १७ दाताले एक बिघा १२ कठ्ठा जग्गा दान गरेका थिए । उक्त जग्गामध्ये मुख्य सभाहल ८ कठ्ठामा बन्दै छ । सभागृह निर्माणले ठूलठूला सभा, सम्मेलन, विवाह, भोजका लागि सहज हुने दमक नगरपालिकाका प्रमुख ओली बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७३ जेठ २८ गते सभागृहको शिलान्यास गरेका थिए ।

दमकमा विश्वकै अग्लो बुद्धमूर्ति
ओलीले पहिलो पटक ०७२ सालमा प्रधानमन्त्री हुँदा गृहनगर दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति बनाउने घोषणा गरेका थिए । दमकको हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट आग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डिपिआर तयार गरिसकेको छ । बुद्धमुर्ति ४० बिद्यामा बन्ने दमक नगरपालिकाका सूचना प्रविधि अधिकृत समीप चुडालले बताए । सुरुवाती चरणमा २६ बिद्याबाट कामको थालानी गर्ने योजना बनाइएको छ ।
दमकको चिनारी र आन्तरिक पर्यटन प्रबद्र्धनका लागि बुद्धको मुर्ति बनाउन लागिएको चुडालले बताए । १५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्त निर्माण गर्न लागिएको हो । अधिकृत चुडालका अनुसार १५ अर्ब ७५ करोड रुपैयाँको लागतमा बन्ने भनिएको बुद्धको पूर्ण कदको मूर्तिका लागि ९ बिघा जग्गा नगरपालिकाको नाममा रहेको र बाँकी अधिग्रहण प्रकृयामा रहेको छ । उक्त मूर्ति निर्माणका लागि चीन, ताइवान तथा कोरियाले रुची देखाएको छ । मुर्ति ३६ बिद्यामा बन्ने छ । लुम्बिनीसम्म आएका पर्यटकलाई दमकसम्म ल्याउने गरी मूर्तिसँगै बुद्ध विश्वविद्यालय, पाठशाला, ध्यानकेन्द्र आदि संरचना रहनेछन् । दमकलाई विश्वसामु चिनाउनका लागि यो परियोजना सहायक हुने दमक नगरपालिकाका प्रमुख ओली बताउँछन् ।

बहुतले बसपार्क
दमकमा मुलुककै सुविधासम्पन्न बहुतले, बहुआयामिक बसपार्क निर्माणका लागि डिपिआर तयार भइसकेको छ । नगरविकास कोषमार्फत डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर निर्माण गरेको हो । १ अर्ब लागत लाग्ने बसपार्कमा नगर विकास कोषको ऋण लगानी र सहरी विकास मन्त्रालयको अनुदान रहने नगरपालिकाले जनाएको छ । सहरी क्षेत्रमा ट्राफिक र मानव बस्तीको चाप बढ्दै गएपछि बहुतले बसपार्कको अवधारणा आएको हो । बहुतले बसपार्कले सवारीसाधनको चापलाई व्यवस्थापन गर्न सकिने बताइएको छ । उक्त बर्सपार्कको डिपिआर जापनीज बसपार्कसँग मिल्दो रहेको तत्कालीन बसपार्क निर्माण समितिका अध्यक्ष तीर्थराज बस्नेतले बताए ।
सीमित क्षेत्र रहेको र त्यसलाई अधिकतम सदुपयोग गर्न दमक नगरपालिकाले बहुतले बसपार्क निर्माणको अवधारणा ल्याएको बस्नेतको भनाई छ । बसपार्क अन्र्तराष्ट्रिय मापदण्ड अनुरुपको रहने बताइएको छ । परामर्शदाताले बसपार्क निर्माणस्थलको क्षमता, भौगोलिक अवस्था, माटोको क्षमतालगायत अध्ययन गर्ने काम गरिसकेको दमक नगरपालिकाकाले जनाएको छ । बसपार्क तीन तले बन्ने छ । हालको बसपार्ककका संरचनालाई सकेसम्म उपयोग गर्न मिल्ने गरि बहुतले बसपार्क निर्माणका लागि डिपिआर बनाइएको बस्नेतले बताए । बसपार्कसँगै त्यसैबाट आम्दानीसमेत लिनका लागि संरचना अटाउने बस्नेतले बताउँछन् ।

हुलाकी सडकको प्रस्थान बिन्दु
राष्ट्रिय गौरवको अन्र्तगत हुलाकी राजमार्ग आयोजनाले झापाको चन्द्रगढी देखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्छ । आव ०६५ (६६ मा आयोजना निर्माण थालनी भएको निर्माणाधीन हुलाकी राजमार्गको झापा खण्डको बिरिङ र कनकाई नदीमा पुल निर्माण भएको छैन । आर्थिक वर्ष २०७४(०७५ मा नै आयोजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको राजमार्गमा खनिएका सडक भत्किन्न थालेका छन् । ठेकेदार कम्पनीले ढिलाइ गर्दा हुलाकी राजमार्गको निर्माण प्रभावित बनेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । ठेकेदार कम्पनीले निरन्तर काम नगर्दा निर्माणाधीन पुल चार वर्षमा सम्पन्न हुनुपर्नेमा ८ वर्ष बितिसक्दा पिल्लर मात्र ठड्याइएको छ ।
आयोजना अन्र्तगत झापाको बिरिङ खोलामा पुल नहुदाँ ग्रामीण भेगका दुई पालिका बाह्रदशी र झापा गाउँपालिकाका स्थानीय वर्षौदेखि विरिङ नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग १५ करोड ५० लाख ५८ हजार ६ सय रुपैयाँमा सम्झौता भएको छ । उक्त रकममध्ये ठेकेदार कम्पनीले ८ करोड ७९ लाख ४७ हजार ६७५ रुपैयाँ निकासा लगिसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । ठेकेदार कम्पनीले पुल निर्माणको काम वर्षौसम्म अधुरो पारेपनि भुक्तानी भने आधा भन्दा बढी लगिसकेको योजना कार्यालय इटहरीका प्रमुख विजय महतोले बताए । ठेकेदार कम्पनीले पुल निर्माणमा चरम ढिलाई गरिदिँदा उक्त भेकका स्थानीयको दैनिकी अझैपनि जोखिमपूर्ण कष्टकर छ ।
पुल ३ सय १८ मीटर लम्बाई र ९ दशमलव ८ मीटर चौडाईको निर्माण गर्नुपर्ने छ । हुलाकी राजमार्ग अन्र्तगत नै कनकाई नदीमासमेत पुल निर्माण रोकिँदा स्थानीयले खोला नदीको बीचबाट वारपार पर्नु पर्ने अवस्था छ ।
सरकारले हुलाकी आयोजनालाई ०७९(८० मा मात्र सम्पन्न हुने नयाँ ९संशोधित लक्ष्य० समय सीमा निर्धारण गरेको छ । यससँगै यसको लागत पनि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालयका अनुसार आव ०७४ (७५ मा आयोजना सम्पन्न हुने र यसको लागत ४७ अर्ब २७ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, ५ वर्ष ढिला भएर आप ०७९(८० मा आयोजना सम्पन्न हुँदा यसको लागत वृद्धि भएर ६५ अर्ब २० करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यो अघिल्लो प्रक्षेपणभन्दा १७ अर्ब ९३ करोड रुपैयाँले बढी हो । सुरुवाती चरणमा एक लेनको मात्र सडक हुने भनिएको र संशोधित लक्ष्य अनुसार सडक दुई लेनको बनाएकाले लागत वृद्धि भएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । अब भने आयोजना निर्माणले गति लिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर नन्दप्रसाद गुप्ताको दाबी छ । झापा सडकखण्डमा निर्माणधिन उक्त पुल गत वर्ष सम्पन्न गर्ने गुप्ता बताउँछन् । आयोजना ढिलाइबाट आमनागरिक समयमै राजमार्गबाट प्राप्त हुने सेवाबाट बञ्चित बनेका छन् ।

दमककै अन्य परियोजना
दमक नगरपालिका २०३९ सालमा स्थापना भएको नगरपालिका हो । पूर्वधारको हिसाबले दमक व्यवस्थित नगरपालिकामा पर्छ । दमकका अधिकांश बाटा न्यूनत २० फूटका छन् । सुन्दर र सफा नगरको परिचय बनाएको दममकममा नगरस्तरीय योजनामा पनि संघीय सरकारले अर्बौँ बजेट विनियोजन गरेको छ । सपिङ कम्प्लेक्स, रोज गार्डेन पार्क, संग्रहालय, पुल, विश्व बैंकको सहयोगमा सडक, मावा, रतुवा खोलामा पुल निर्माण, अर्गानिक कृषि फर्म लगायतका काम निर्माण प्रक्रियामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्म्सिनाले बताए ।
दमक नगरपालिका –६मा नगरपालिकाकोे लगानीमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स निर्माण गर्ने योजनासमेत अघि बढाएको छ । जसका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । प्रदेश सरकारको सहयोगमा दमक–२ मा भुटानी शरणार्थीको सम्झनामा संग्रहालय निर्माण गर्ने योजना पनि अघि सारिएको छ । जसको डिपिआर तयार हुँदै छ । दमक –८मा बहुजातीय सांस्कृतिक संग्र्रहालय निर्माण गरिने नगरप्रमुख ओलीले बताए । जसका लागि जग्गा घेराबारा गर्ने काम भइरहेको छ । सहिद बनवाटिका निर्माणका लागि दमक –२मा डिपिआर बन्दै छ । नगरको रिङरोड निर्माण कार्य पनि जारी छ । संघीय सरकारको बजेटमार्फत निर्माणाधीन ३६ दशमलव ४ किलोमिटर लामो रिङरोडले नगरका सबै वडालाई जोड्ने अधिकृत तिम्सिना बताउँछन् । अधिकांश ठाउँमा कालोपत्रे भइसकेको छ भने केही ठाउँमा ग्राभेल हुँदै छ । पुरै सडक कालोपत्रे गरिने नगरपालिकाले जनाएको छ ।

पार्क नै पार्क
दमक –१० मा विज्ञान पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ । पार्क ५ बिघा जमिनमा बनाउने नगरपालिकाले जनाएको छ । यसमा करिब दुई अर्ब बजेट आवश्यक पर्ने बताइएको छ । नगरको मुख्य बजार क्षेत्रमा करिब एक करोड २५ लाख लागतमा नमुना मार्ग निर्माण गरिएको हो । दमक –४मा प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापनाको गृहकार्य भइरहेको छ । यसका लागि नगरपालिकाले तीन बिघा जमिन प्राप्त गरिसकेको छ । दमक –७ मा करिब ४० लाख रुपैयाँको लागतमा गत वर्षदेखि ‘रोज गार्डेन पार्क’निर्माण चरणमा छ । नगरपालिकाले जैविक उत्पादन बिक्रीका लागि छुट्टै बजार व्यवस्थापन गरिएको छ । दमक –७मा व्यवस्थित बधशाला निर्माणगरिने नगरप्रमुख ओली बताउँछन् । नगरपालिकामा खाद्य प्रयोगशाला स्थापना भइसकेको छ । खाद्य पदार्थमा भएको मिसावट परीक्षण हुँदै आएकोे छ । संघीय र नगरपालिकाको दमक –१मा लगानीमा २३ वटा आवस निर्माण गरिएको छ । दमकमा अत्याधुनिक पशु बजार निर्माण भएको छ । विश्व बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० र नेपाल लाइभस्टक इन्नोभेसन सेक्टर प्रोजेक्टको संयुक्त लगानीमा दमकमा सुविधा सम्पन्न पशुपन्छी बजार निर्माण गरिएको छ । नगरपालिकाको स्वामित्वमा रहेको झन्डै ३ बिघा जमिनमा १५ करोड रुपैयाँ खर्चिएर अत्याधुनिक पशु बजार निर्माण गरिएको हो । ०७३ पुसमा शिलान्यास भएको पशु बजार ०७५ चैतमा निर्माण सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published.