बजाज डोमिनारको मूल्य नेपालमा अब ६० हजार मात्र !

बजाज डोमिनारको मूल्य नेपालमा अब ६० हजार मात्र !

काठमाडौं: बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी वितरण एचएच बजाजले नेपालमा मोटरसाइकल एसेम्वल गर्दै आएको छ । नवलपरासीमा रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डोमिनार भारतबाट आयात हुँदाभन्दा सस्तो मूल्यमा कम्पनीले बिक्री गर्नेगरि मूल्य सार्वजनिक गरेको छ । यसको बिक्री भने अबको १५ दिनपछि शुरु हुने कम्पनीले जनाएको छ ।

यसअघि भारतीय बजारबाट आयात भइरहेको यो मोटरसाइकल केही समयको लागि बन्द समेत भएको थियो । भारतमा नै नयाँ प्रोडक्सन भएको यो मोटरसाइकल नेपालमा त्यही अनुरुप एसेम्वल गरेर बजारमा आउन लागेको कम्पनीले जनाएको छ ।

सरकारले धेरै सीसीका मोटरसाइकलमा गरेको कडाई पश्चात डोमिनारको मूल्य वृद्धि भएर ५ लाख ८९ हजार ९ सय रुपैयाँमा बिक्री भएको थियो ।

हाल मेरोअटोलाई कम्पनी स्रोतले उपलब्ध गराएको नयाँ मूल्य सूचीअनुसार बजाज डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । पहिलाको तुलनामा नयाँ डोमिनारको मूल्य ६० हजारले सस्तो भएको हो ।

परिमाजर्न भएर आएको बजाज डोमिनार ४०० मा ३७३।३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन छ । यो इन्जिनले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर रहेको छ । यसको फ्रन्टमा ४३ एमएम ट्राझलिङ टेलिस्कोप फर्क र रियरमा मोनोशक रहेको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यसमा सुरक्षा फिचरको रुपमा डबल च्यानल एबिएससहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० डबल च्यानल एबीएससहित नेपाली बजारमा , यस्तो छ मूल्य

रोयल इन्फिल्ड क्लासिक ३५० को नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । भारतीय बजारमा केहि समय अगाडि सार्वजनिक भएको उक्त मोडल नेपाली बजारमा रोयल इन्फिल्डको नेपालका लागि आधिकारीक वितरक एभभी दुगडले भित्र्याएको हो ।

रोयल इन्फिल्ड क्लासिक ३५० नेपाली बजारमा धेरै रुचाइएको मोटरसाइकल समेत रहेको छ । क्लासीक ३५० डबल च्यानलसहितको बीएस ५ इन्जिनमा नेपाली बजारमा सार्वजनिक भएको हो । यसको मूल्य कम्पनीले केहि समयको लागि ६ लाख रुपैयाँ तोकेको छ ।

विवेक अटोमोबाइल्सले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत रोयल इन्फिल्डका मोटरसाइकल विक्री वितरण गरिरहेको छ भने, क्लासिक ३५० डबल च्यानल एबीएस भर्सन समेत सबै डिलरमा पुगिसेकेको कम्पनीले जनाएको छ ।

बजाज डोमिनार २०० आउँदै , यस्तो छ मूल्य र विशेषता

बजाजले भारतीय बजारमा बजाज डोमिनार ४०० पश्चात् अब डोमिनार २०० सार्वजनिक गर्ने भएको छ ।

बजाजले एउटा आफ्नो ब्राण्ड भित्र विभिन्न सिरिजमा बाइक निमार्ण गर्दै आएको छ । यसै अन्तर्गत बजाजले बजाज डोमिनार ४०० पश्चात् डोमिनार २०० सार्वजनिक गर्ने तयारी गरेको छ ।

बजाजले एभेन्जर, पल्सर, डिस्कभर, भीक्रान्त, डोमिनार जस्ता विभिन्न मोडलमा मोटरसाइकल निर्माण गर्दै आएको छ । बजाजले डोमिनार २०० ले डोमिनर सिरिजलाई अझै लोकप्रिय बनाउने आशा लिएको छ ।

बजाज डोमिनार ४०० फिचर लोडेड मोटरसाइकल रहेको छ भने, बजाज डोमिनारमा उक्त फिचर लोडेड मोटरसाइकल हुने छैन् । कम्पनीले डोमिनार २०० लाई बजेट मोटरसाइलको रुपमा निर्माण गरेको छ ।

डोमिनार २०० मा कम्पनीले बजाज आरएस २०० को इन्जिन प्रयोग गरेको छ । २०० सीसी फ्यूल इन्जेक्सन इन्जिन रहेको छ । यो इन्जिनले २१ बीएच पावर तथा १६ एनएम टर्क जेनेरेट गर्छ भने, यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

आरएस २०० मा डबल च्यानल एबीएस सुविधा रहेकोमा डोमिनार २०० मा कम्पनीले सिंगल च्यानल एबीएस दिएको छ । डोमिनार ४०० मा नै रहेको ह्यान्डल बार तथा ह्वील डोमिनार २०० मा रहने छ ।

यो मोटरसाइकलको मूल्य आक्रामक रुपमा कम हुने कम्पनीले बताएको छ । यसको मूल्य १ लाख २० हजार भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ । यसले २०० सीसी सेग्मेन्टका ग्राहकलाई आर्कषण गर्ने छ । बजाज अटोले भारतीय बजारमा यो मोटरसाइकल २०२० को अन्त्यसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ । ताजा खबरबाट