इलाम नगरपालिकाको लाप्चा बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

इलाम नगरपालिकाको लाप्चा बस्तीमा निःशुल्क स्वास्थ्य शिविर


इलाम : इलाम नगरपालिका वडा नंम्बर १० को लाप्चा बस्तीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाम नगरपालिकाको आयोजना तथा इलाम अस्पताल र औषधी व्यवसायी संघ इलामको प्राविधिक सहयोगमा इलाम नगरपालिका वडा नंम्बर १० को नारायण प्राथमिक बिद्यालयमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
१० नंम्बर वडाका वडाध्यक्ष रोम लुङ्गेलीको अध्यक्षतामा भएको शिविरको उदघाटन प्रमुख अतिथि तथा इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले गर्नुएको थियो । शिविरमा
इलाम नगरपालिका सूर्योदय नगरपालिका र माइजोगमाइ गाउँपालिकाका ५०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये ४३ जना लाप्चा समुदायका रहेका छन ।

शिविरमा स्त्री रोग सम्बन्धि परीक्षण गराउने ६४ जना मध्ये २९ जनाले पाठेघरको क्यान्सरको परिक्षण गराएकोमा १ जनामा पाठेघरको क्यान्सर पाजेटिभ देखिएको छ । त्यसै गरि १ सय ५३ जनाले आँखा परीक्षण गराएकोमा ७ जनामा मोतीयाबिन्दु देखिएको स्वास्थ्य शाखा संयोजक रमन्ता पौडेलले जानकारी दिनु भयो ।

यस्तै दन्त सेवामा १५३ , मधुमेहका ६४ जना र १ सय २१ जनाले समान्य चिकित्सा सम्बन्धि परीक्षण गराएका थिए । शिविरमा डा. प्रभु शाहको नेतृत्वमा , डा. दिपिका रिजाल र डा. मोना बस्नेत सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । कार्यक्रमको उदघाटन नगर प्रमुख महेश बस्नेतले गर्नु भएको थियो ।