एक करोड पर्ने जग्गा इलाम नगरपालिकालाई निशुल्क प्रदान

Breaking News Special News Trending बिजनेस समाज

इलाम नगरपालिका वडा नं. ६ निवासी दुई व्यक्तिले झण्डै १ करोड पर्ने जग्गा इलाम नगरपालिकालाई निशुल्क प्रदान गरेका छन् । मित्रलाल भट्टराई र तेजकुमारी दाहालले इलाम नगरपालिका वडा नं.६ स्थित पिपलबोटेमा रहेको १ रोपनी ८ आना जग्गा दान गरेका हुन् ।

उनीहरुले आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि जग्गा दान गरेका हुन् । भट्टराई र दाहालले १२र१२ आना जग्गा नगरपालिकालाई दान गरेका हुन् । सो स्थानमा हाल स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आइसकेको छ भने भवन निर्माणको लागि प्रकृया अगाडि बढाई सकिएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.