बंगलादेशमा नेपाली उत्पादनको बजार खोज्दै प्रदेश एक सरकार

Breaking News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय पर्यटन प्रदेश संस्करण बिजनेस

प्रेम अधिकारी, पशुपतिनगर:

प्रदेश १ सरकारले बंगलादेशमा कृषिजन्य बस्तुको निर्याताका लागि बजारको खोजी शुरु गरेको छ । प्रदेश १ मा उत्पादन भएको अलैची , चिया , कुचो , अदुवा , लसुन , किवी सागसब्जी, सिमेन्ट लगायतका बस्तु सहज रुपमा बंगलादेश निर्यात गर्नका लागि बजार संभावनाको खोजी शुरु गरेको हो । इलामको सूर्योदय नगरपालिकामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बंगलादेशका लागि नेपाली राजदुत बंशीधर मिश्र सहित उद्यागी ब्यवसायीको टोलीले बंगलादेशमा नेपाली बस्तु सहज रुपमा निर्यात गर्न बजारको खोजी शुरु गरेको छ । मुख्यमन्त्री राईले प्रदेश १ सरकारले चाडै नै नीतिगत निर्णय गरेर प्रदेश १ मा उत्पादन भएका कृषिजन्य र अरु सामग्री बंगलादेश निर्यातका लागि पहल थालिने बताउनु भयो ।

उहाले उद्योगी ब्यवसायी संग सहकार्य गरेर नेपाली बस्तु निर्यातका लागि चाडै ठोस निर्णय गरिने बताउनु भयो । उहाले भन्नु भयो ‘ बंगलादेश नेपालको नजिकको बजार हो , हामी एक प्रतिनिधिमण्डल चाडै नै अध्ययनका लागि बंगलादेश पठाउछौ, कुन कुन बस्तु पठाउने हो निकास निकालछौ ।’
मुख्यमन्त्री राईले कृषि क्षेत्रमा अब्बल रहेको प्रदेश १ मा उत्पादन भएका चिया , अलैची , अदुवा अम्लीसोको बजारीकरणका लागि बंगलादेश संग चाडै नै सम्भौता गरिने बताउनु भयो । उहाले जोगमनी र काकडभिट्टा दुवै नाकाबाट बंगलादेश आयात निर्यात सहज बनाउनका लागि प्रदेश सरकारले प्रक्रिया शुरु गरेको जानकारी दिनु भयो । कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदुत बंशीधर मिश्रले बंगलादेशमा नेपाली बस्तुको ठूलो बजारका लागि संभावना भए पनि नीतिगत र कुटनीतिक पहलको आवश्यक्ता रहेको बताउनु भयो । उहाले बंगलादेशमा निर्यात गरिने नेपाली बस्तुको खाका तयार पारेर उक्त बस्तु नेपालमा ठूलो परिमाणमा उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो । उहाले भन्नु भयो ‘ भारत र चिन पछि नेपालको नजिकको ब्यपारीक संभावना भएको देश बंगलादेशनै हो , नितीगत रुपमा पहल गरेर निकासीको वातावरण बनाउनु पर्छ ।’ उहाले नेपाली बस्तु निर्यातमा दुतावासले नै पहल गरिरहेको जानकारी दिनु भयो । राजदुत मिश्रले अहिले बंगलादेश निर्यात भैरहेको बस्तु थोरै मात्र भएकाले बंगलादेशले नेपालबाट के लैजान चाहान्छ भन्ने संभावनाको खोजी गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा दुताबासले पेश गरेको प्रतिवेदनमा बिश्व बजारको तुलनामा बंगलादेशमा नेपालको अलैची ५ प्रतिसनत निर्यात भैरहेको जानकारी गराईएको थियो । दुताबासले पछिल्लो समय बंगलादेशबाट आयत क्रमस घटेर नेपालबाट १३ दशमलब ९३ प्रतिसतले निर्यात बढेको उल्लेख गरेको छ । बंगलादेशका लागि नेपाली राजदुताबासका नियोग उपप्रमुख धनबहादुर ओलीले हाल सम्म बंगलादेश निर्यात हुने नेपाली बस्तुमा सरकार र उद्योगीको समेत ध्यान जान नसकेको बताउनु भयो ।
उहाले निर्यातमा क्षमता राख्न नसक्नु, उत्पादकले बजार सम्म पुग्न नसक्नु , भरडारणको समस्या, थोरै परिमाणमा कृषिजन्य बस्तु उत्पादन गर्नु , अन्तराष्ट्रिय बजार प्रति नेपालीलाई ज्ञान नहुनु जस्ता समस्याले नेपाली उत्पादनले बंगलादेशमा स्थान पाउन नसकेको बताउनु भयो । उहाले बंगलादेशमा भन्सार सहित ६ प्रकारका शुलक उच्च दरमा लाग्ने भएकाले त्यसलाई समायोजन गर्न प्रदेश १ सरकार र दुताासले पहल गरीरहेको जानकारी दिनु भयो । उपप्रमुख ओलीले भन्नु भयो ‘ जोगवनीबाट बंगलादेश नेपाली उत्पादन निर्यातका लागि सहज नाका बन्न सक्छ , त्यसलाई चाडै सुचारु गर्नु पर्छ ’।

उहाले निर्यात सहज बनाउन दुवै देशले पहल गरेर यातायतको पहँचमा पुग्नु पर्ने बताउनु भयो । कार्यक्रममा निकासी प्रवर्धन केन्द्रका कार्यकारी प्रमुख सरद बिक्रम रानाले अन्तर प्रदेशीय निकासी रुपमा बंगलादेश निकासी हुने बस्तुको पहिचान गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाले नेपाललाई बंगलादेशले बस्तु निर्यातका लागि ६ वटा टान्सपोर्ट दिए पनि भारतीय अवरोधका कारण दुईवटा मात्र संचालनमा रहेको बताउनु भयो । ‘बाणिज्य नीतिमा केहि परिवर्तन गरेर बजारीकरणलाई थप सहज बनाउनु पर्छ ’ प्रमुख रानाले भन्नु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा निर्यातकर्ता अविनास बोहोराले सन १९७१ बाट ब्यपार शुरु भएको बंगलादेशमा भने जती बस्तु निर्यात गर्न नेपालले नसकेको बताउनु भयो । उहाले २०१५÷१६ मा १ सय ६४ करोडको कृषिजन्य बस्तु बंगलादेश निर्यात भएकोमा २०१७÷१८ मा सामान्य बढेर १ सय ९४ करोड पगेको जानकारी दिनु भयो । उहाले काकडभिट्टा फुलबारी बोर्डरबाट नेपालले सहज रुपमा बंगलादेशमा ब्यपार गर्न सक्ने बताउनु भयो ।
उद्योगीहरुले बंगलादेश निर्यात हुने बस्तुमा प्रति किलोग्राम ५० पैसा देखि एक रुपियाँ सम्म कर तिर्नु पर्ने बाध्यताले नेपाली ब्यवसायीलाई समस्या हुने गरेको बताएका थिए । उद्योगीले छोटो दुरीमै बंगलादेश संग पूर्वको जोगवनी र काकडभिट्टा नाका भएर ब्यपार गर्न सक्ने भए पनि ढुवानाी , ट्रान्सपोर्ट जस्ता समस्या रहेको औल्याएका थिए ।

कार्यक्रमममा प्रदेश एक भरीका उद्योगी ब्यवसायी , स्थानीय सरकारका प्रमुख , संघीय सरकारका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । इलामको चिया बंगलादेश निर्यातका लागि सहज वातारण बनेको सूर्यौदयन गरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश नम्बर १ , नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल कृषि बजार निकासी कार्यक्रमले प्रदेश एकमा उत्पादन भएका बस्तुको बंगलादेशमा बजार खोज्नका लागि सूर्योदयन गरपालिकामा उक्त कार्यक्रम गरेका थिए ।

Leave a Reply

Your email address will not be published.