पुवामझुवाको छेलेथुम्की डाँडामा प्याराग्लाइडिङ

Hot News Mukya Samachar Special News पर्यटन बिजनेस समाज


फिक्कल :
इलामको पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा इलाम नगरपालिका ३ पुवामझुवा वडा पर्यटन विकास सिमितिको आयोजनामा छेलेथुम्की डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान गर्न लागिएको हो ।

छेलेथुम्की डाँडाबाट उडान भरेको प्याराग्लाइडिङले ५०० मिटर दुरीमा रहेको थलथलेमा ल्याण्ड गर्ने चालक सानुबाबु सुनुवारले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘हाम्रो सबै तयारी पुरा छ मौसम प्रतिकुल भैरहेको छ , मौसम सुधार भएमा शनिबार नै टेष्ट फलाईट हुने छ । ’ उक्त स्थानबाट परीक्षण उडान सफल भएमा ब्यवसायीक रुपमा प्याराग्लाइडिङ संचालन गरिने संयोजक हेमन सुनुवारले एबीसी अनलाईनलाई बताउनु भयो ।

उक्त स्थानबाट प्याराग्लाइडिङ संचालन गर्न सके इलाम नगरपालिकामा अर्को पर्यटकीय गन्तब्यका रुपमा छेलेथुम्की डाँडालाई बिकास गर्न सकिने वडा नम्बर ३ का वडाध्यक्ष तिर्थ गुरुङले एबीसी नेपालीलाईबताउनु भयो । छेलेथुम्की डाँडा समुन्द्र सतहबाट १७ मिटरको उचाईमा पर्दछ ।
यस अघि इलामका अन्य स्थानमा पनि प्याराग्लाइडिङको परीक्षण गरिए पनि कानुनी अड्चन लगायतका कारण ब्यवसायीक रुपमा संचालनमा आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published.