भालुढुङ्गा पर्यटन समिति सम्मानित

Breaking News Hot News Mukya Samachar Special News Trending बिजनेस

इलाम: शताब्दी बचत तथा रिण सहकारी संस्था लि.इलामले २१ औं बार्षिक उत्सव एवं नेपाल भ्रमण बर्ष २०२० को अवसरमा इलामको पर्यटन प्रबर्द्धन र विकासमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै भालुढुङ्गा सामुदायिक पर्यटन प्रबर्द्धन विकास संस्था, इलाम सम्मानित भएको छ ।

भब्य समारोह बिच समितिलाई नगद रु ७,५५५ सहित प्रमुख अतिथी जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश प्रसाद बराल र सहकारी संस्थाका उपाध्यक्ष जितबहादुर खड्गाले भालुढुङ्गा विकास समितिलाई सम्मान गर्नुभएको थियो भने सम्मान पत्र एवं नगद संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष रजिन खड्काले ग्रहण गर्नु भएको थियो ।

संस्थाको पहल एवं सक्रियतामा इलामको ओपिधारा देखि चियाबारी हुँदै भालुढुङ्गा सम्म पदमार्गलाइ आराम गर्न ठाँउठाँउमा बेन्च ब्यवस्थापन, ओढार छिर्ने मुखमा भालुको मुखाकृती सहितको प्रबेशद्दार निर्माण, बुद्द र शिवजिको मुर्ति स्थापना, टिहाउस तथा पदमार्ग निर्माण लगायतको धेरै काम भएको छ । इलाम सदरमुकाम आउने पर्यटन एवं स्थानीय बासिको समेतको भालुढुङ्गा पहिलो रोजाइ हुन थालेको छ ।

यसै क्षेत्रमा होमस्टे समेत संचालनमा रहेको छ । यहाँ नयाँ बर्ष लगायत विभिन्न चाड र उत्सवमा सयौं पर्यटनको भिड हुने गरेको छ भने दैनिक दर्जनौं बाहिय एवं आन्तरिक पर्यटक आउने गर्छन् । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागि यश क्षेत्रमा पर्यटकलाइ आकर्षण गर्ने एवं मनोरञ्जन दिने थप कामहरु भैरहेका छ्न ।

Leave a Reply

Your email address will not be published.