फिक्कल:
इलामको फाकफोकथुम गाउँपालिकाको भवन निर्माणले गति लिएको छ । गाउँपालिकाको आमचोक स्थित शुक्रबारेमा रहेको गाउँपालिकाको जमिनमा आईतबारबाट घडेरी खन्ने काम शु? भएको हो । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले घडेरी खन्ने कामको थालनी गर्नु भयो । उहाले घडेरी खन्ने काम संगै गाउँपालिकाको भवन निर्माणले गति लिएको बताउनु भयो ।
गाउँपालिकाको क्रमागत बजेट अन्र्तगत ५ करोडको लागतमा भवन निर्माण हुने छ । दुई बर्र्ष भित्रमा भवनको काम सकिने अध्यक्ष श्रेष्ठले एबीसी नेपालीलाई जानकारी दिनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार चाडै टेण्डर आवहान गरी भवन निर्माणको ठेक्का दिईने छ ।
गाउँपालिकाले खरिद गरेको र स्थानीयले गाउँपालिकालाई उपलब्ध गराएको जमिनमा सुविधा सम्पन्न भवन निर्माण हुने छ । हाल गाउँपालिकाले पुरानो भवनबाट आफना कार्यलय संचालन गरिरहेको छ । गाउँपालिकाले दुई बर्षमा सबै वडा कार्यालयका भवन समेत निर्माण गरि सक्ने जनाएको छ ।