सूर्योदय नगरपालिका पाँच बर्षे आवधिक योजना बनाउदै

Breaking News Hot News Mukya Samachar Special News Trending बिजनेस समाचार समाज

राजकुमार दाहाल,फिक्कल:
इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाकोे पाँच बर्षे आवधिक योजना तर्जुमा सम्बन्धी तीन दिने गोष्ठी आईतबारबाट शुरु भएको छ । आवधिक योजना नगरको ५ बर्षको लक्ष्य र उद्देश्य प्राप्त गर्नकाका लागि भएकाले आगामी दिनमा नगरलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा आवधिक योजना गोष्ठी केन्द्रित हुने नगर प्रमुख रण बहादुर राईले बताउनु भयो । उहाले आवश्यत्ताहरु असिमिति भएको बताउदै पुरा गर्न बित्तीय ब्यवस्थापन गर्ने भन्ने बिषय नगरपालिकाको मुख्य चुनौती रहेको प्रमुख राईले बताउनु भयो ।
नगरप्रमुख राईको अध्यक्षता तथा प्रदेश सांसद राम रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख राईले संघको योजना बनेपछि प्रदेशको बन्ने र प्रदेशको बनेपछि मात्रै स्थानीय सरकारको बनाउनु पर्ने भएकोले केहि ढिलो भएको जानकारी दिनु भयो ।
प्रमुख अतिथी सांसद रानाले नगरको आधारभुत आवश्यक्ता पुरा गर्ने गरीका योजना बनाउन सुझाव दिनु भयो । उहाले बिद्युत खानेपानी जस्ता आधारभुत कुरामा ध्यान दिन समेत सुझाव दिनु भयो ।
सांसद रानाले स्थानीय क्षेत्रमा नै शसक्त जनशक्ति आवश्यक पर्ने भएकोले मानव संसाधनको विकासमा योजनाहरु बनाउन आवश्यक रहेको बताउनु भयो मानविय संसाधनको विकास गर्न सके स्थानीय स्तरमै रोजगारी सृजना गरी बेरोजगारी समस्या समाधान गर्न सकिने धारणा राख्नु भयो ।
कार्यक्रममा नगर उप–प्रमुख दुर्गा देवि भट्टराईले स्वागत मन्तब्य राख्नु हुँदै ३ दिने योजना तर्जुमा गोष्ठीमा सबै क्षेत्रका बिज्ञ सरोकारवालाहरुको सुझावलाई लिएर एक बिशेष योजना बनाउने बताउनु भयो । रउहाले नगरको चौतर्फी विकासका लागि त्यसै अनुसार अगाडी बढने बताउनु भयो । प्रमुख प्रसाशकिय अधिकृत प्रकाशराज पौडेलले समृद्ध सूर्योदयको निमार्णका लागि आवधिक योजना तर्जुमा कोशेढुङगा सावित हुने भएको बताउनु भयो ।

नेपाली काग्रेसका क्षेत्रीय सभापती दुर्गा बरालले पर्यटकहरुलाई यस क्षेत्रमा आउने र बस्ने उचित आधार तय गर्नु पर्ने बताउदै नगरलाई समृद्ध बनाउन शिक्षा स्वास्थ्य लगायतका कुरामा ध्यान दिएर अगाडी बढनु पर्ने सुझाव दिनुु भयो । उक्त कार्यशालामा बिज्ञहरु बसन्त गौतम र पुरुषोत्तम नेपालले सहजिकरण गर्दै हुनुहुन्छ । कार्यक्रममा बिभिन्न पार्टीका प्रतिनिधि उद्योग बाणिज्य संघ, होटल ब्यवसायी संघ, बिभिन्न संघ संस्थाका प्रतिनिधि , वडा अध्यक्ष, कार्यपालिका सदस्य ,वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । आगामी २२ गते सम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published.