प्रदेश एक सरकार पर्यटन नीति निर्माणको अभियानमा

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश संस्करण बिजनेस समाज

प्रेम अधिकारी , फिक्कल :

प्रदेश एक सरकारले पर्यटन नीति बनाउने भएको छ । प्रदेश एक सरकारको उद्योग , पर्यटन तथा वातावरण समितिले एक नम्बर प्रदेशमा पर्यटन प्रवर्धन गर्न र भ्रमण बर्ष २०२० लाई लक्षित गरी पर्यटन नीति बनाउने काम थालेको हो । उक्त अभियान अन्र्तगत पर्यटकीय नगरी इलामको सूर्योदयन गरपालिकामा समितिले शनिबार र आईतबार पर्यटन संग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधि र स्थानीय सरकारका जनप्रतिनिधि संग बृहत छलफल गरेको छ ।

समितिले प्रदेश एकका १४ जिल्लाका स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख , प्रदेश सांसद र सरोकारवाला संग पर्यटन नीतिका बिषयमा सुझाव लिएको छ । प्रापत सुझावका आधारमा पर्यटन नीति निर्माण गरिने प्रदेश एककी उप–सभामुख सरस्वती पोखरेलले जानकारी दिनु भयो । स्रोत साधन र ब्यवस्थापनको कमीका कारण पर्यटन नीति बनाउन ढिला भएको जनाउदै उहाले चाडै पर्यटन नीति निर्माण गरिने जानकारी दिनु भयो ।उहाले भन्नु भयो ‘ पर्यटन क्षेत्रलाई प्राथमिक्तामा राखेर काम गरिरहेका छौ , हामी सरोकारवाला संग हातेमालो गरेर काम गर्न चाहान्छौ । ’ उहाले धार्मीक पर्यटनको संभावना बोकेको हलेसी , चतरा र पाथीभरा समेटेर पर्यटकीय धार्मीक करिडोर निर्माण गर्ने योजना रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा उच्च स्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष तथा बिज्ञ काशीराज दाहालले पर्यटन संगै प्रशासकीय क्षेत्रको सुधार हुने भएकाले प्रदेश समितिको अभियान फलदायी बन्ने बताउनु भयो । उहाले पर्यटक र पर्यटन कर्मीको पहिचान गर्नु पर्ने , स्थानीय उत्पादनलाई जोड दिनु पर्ने , प्रदेशको अर्थ नीति बनाउनु पर्ने र हिमाली करिडोर निर्माण गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले भन्नु भयो , सुन्दरता रहेन भने पर्यटक आउदैनन, त्यसैले डोजर लगाएर सम्पदा नमासौ ।’
कार्यक्रममा प्रदेश सांसद राम रानाले होटल ब्यवसायीले आफनो आचरण सुधार गर्नु पर्ने बताउनु भयो । उहाले होटल ब्यवसायीको ब्यर्होरै नभएका कारण पर्यटक टिक्न नसकेको बताउनु भयो । उहाले ब्यवसायीलाई प्रश्न गर्दै भन्नु भयो ‘पर्यटक न्यानो आतिथ्यता चाहान्छन, ब्यवसायी रुखो पन देखाउछन , अनि कहाबाट आउछन पर्यटक ?’
अर्का प्रदेश सांसद काजीमान कागतेले पर्यटकीय गन्तब्यको सहि पहिचान गरी स्थान अनुसारको बिकासमा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रदेश १ का अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख भगी चाम्लीङले नीति निर्माण गर्दा तल्लो तहलाई समेत समेटनु पर्ने बताउनु भयो । उहाले साना योजनामा अल्भीने भन्दा समग्र प्रदेशको पर्यटन नीति बनाएर अगाडी बढनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा होमस्टेको बर्गीकरण गरी नीति बनाउनु पर्ने देखि टेकिङ रुट मासिएको समेत सरोकारवालाले गुनासो गरेका थिए ।

सरोकारवालाले आकाश समेत अशुरक्षित भएको प्रति गुनासो गरेका थिए । प्याराग्लाईडिङ संचालकले एकै स्थानमा हेलीकोप्टरलाई समेत उडान गर्न दिएकाले समस्या भएको बताएका थिए । प्रदेश एकको क्रस बोर्डर पर्यटन समितिका संयोजक समेत रहेका पर्यटन कर्मी कृष्ण शाहाले भूउपयोग नीति आवश्यक रहेको बताउनु भयो । उहाले होटलहरुको स्तरका आधारमा बर्गीकरण गर्नु पर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका सचिव संजिव राईले स्थानीयको सुझवका आधारमा बजेटको ब्यवस्था गर्ने बताउनु भएको थियो । अधिकांश सहभागीले एकै प्रकारको पर्यटन नीति रहेको खाचो औंल्याएका थिए । कार्यक्रममा समिति सभापती सिता थेवे , जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल , इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की , रोङ गाउँपालिका अध्यक्ष शमसेर राई, झापाका पर्यटन ब्यवसायी अर्जुन कार्की , मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन बिकास समिति इलामका केशव धौराली , संजिव पौडेल , होमस्टे एसोसीएसन प्रदेश एकका उपाध्यक्ष धरणी घिमीरे , होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेल , उद्योग बाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालु,पर्यटन प्रवर्धन सरोकार समिति इलामकी कोषाध्यक्ष दिब्या भट्टराई लगायतले पर्यटन नीति निर्माण र पर्यटकीय संभावना चुनौती लगायतका बिषयमा सुझाव दिएका थिए । समिति सचिव जय अधिकारीले प्राप्त सुझावका आधारमा पर्यटन नीति बनाउने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.