पूर्वी क्षेत्रमा इन्धन आपूर्ति ठप्प हुने, अर्को रुट माग

पूर्वी क्षेत्रमा इन्धन आपूर्ति ठप्प हुने, अर्को रुट माग

काठमाडौं : भारतको पुल मर्मत सम्भारमा जाँदा नेपालको पूर्वी क्षेत्रमा इन्धन आपूर्ति ठप्प हुने भएको छ। भारतले जोगवनी-फारवीसगञ्ज सडक खण्डमा पर्ने प्रमुख पुल मर्मत सम्भारमा गर्न लागेको छ। यसले गर्दा यो पुलभएर हुने सवारीसाधनको अवागमन १२ दिनसम्मका लागि भारत सरकारले बन्द गर्न लागेको छ। यो बाटो बन्द हुँदा जोगवनी नाकामार्फत पूर्वी क्षेत्रमा आयात हुँदै आएको इन्धनको आपूर्ति ठप्प हुने अवस्था सिर्जना भएको हो।

नेपाल आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख अशोक साहका अनुसार भारत सरकारले जोगवनी(फारवीसगञ्ज सडकस्थित मिरगञ्जको क्षतिग्रस्त पुललाई आगामी बिहीबारदेखि १२ दिन मर्मत सम्भारमा लान लागेको छ।

विराटनगरस्थित निगमको क्षेत्रीय डिपोले जोगवनी नाका प्रयोग गरी बरौनीस्थित रिफायनरीबाट मागअनुसार डिजेलसँगै पेट्रोल आयात गर्दै आएको थियो। पुल मर्मतसम्भारमा जाने भएपछि उक्त नाकाबाट आउने इन्धनको आपूर्ति ठप्प हुने साहले जानकारी दिए। साहले इन्धनको नियमति आपूर्ति गर्न वैकल्पिक व्यवस्थाका लागि निगमको केन्द्रिय कार्यालयमा पत्राचार गरेको जानकारी दिए।

विराटनगर कार्यालयले उक्त बाटो अवरुद्ध हुने अवस्थामा भान्टावारी(वीरपुर९भारत० नाका प्रयोग गरी बरौनीबाट इन्धन आयात गर्न रि रुटको व्यवस्था मिलाइदिन निगमको केन्द्रीय कार्यालयमा सोमबार पत्राचार गरेको छ। यो रि रुटमार्फत दैनिक दुई सय ५० किलोलिटर पेट्रोल र एक हजार किलोलिटर डिजेल आयात गर्न क्षेत्रीय कार्यालयले निगमसँग अनुमति माग गरेको हो।

यसका साथै जोगवनी बाटो सुचारु नहुँदासम्म अमलेखगञ्ज डिपोबाट इन्धन उपलब्ध गराइदिन पत्राचार गरेको छ।निगमका प्रवक्ता वीरेन्द्र गोइतले पुल मर्मत सम्भार भएर पुनः सुरु नहुँदासम्म भान्टावारी -वीरपुर(भारत) बाटो प्रयोग गरी बरौनीबाट विराटनगरसम्म इन्धन ल्याउन मंगलबार अनुमति दिइने जानकारी दिए। गोइतले भने,‘विराटनगर डिपोलाई आवश्यक परिमाणमा डिजेल उपलब्ध गराउन अमलेखगञ्ज डिपो सक्षम छ।

आवश्यक परिमाणको इन्धन रि रुटबाट ल्याउने व्यवस्था गरेका छौं। कम परेको अवस्थामा अमलेखगञ्जबाट पनि दिन तयार छौं।’ इण्डियन आयल कर्पोरेशन९आईओसी० ले स्तरोन्नती र मर्मत सम्भारको नाममा नेपाल-भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन पछिल्लो एक सातादेखि अवरुद्ध गरेको थियो। अन्नपूर्ण पोष्टबाट