नेपालमै पहिलो अलैंची प्रशोधन उद्योग विर्तामोडमा खुल्यो

Breaking News Mukya Samachar Special News Trending प्रदेश संस्करण बिजनेस समाज


विर्तामोड: विर्तामोडमा नेपालकै पहिलो अलैंची प्रशोधन उद्योग खुलेको छ। अलैंचीको स्वदेशी खपत बढाउने उद्देश्यले उद्योग खोलिएको हो।उद्योगले अलैंचीको मसला, माउथ फ्रेसनर ९मुख गन्हाउने समस्या हटाउने० लगायतका वस्तु उत्पादन गर्ने योजना बनाएको उद्योगका अध्यक्ष निर्मल भट्टराईले बताए।

‘अलैंची स्वदेशी बजारमा खपत कम छ। उद्योगले स्वदेशी तथा विदेशी दुवै बजारको मागअनुसारका सामान उत्पादन गर्छ’, उनले भने।भट्टराईका अनुसार अहिले अलैंची ठूल्ठूला प्याकेट बनाएर व्यापारीलाई बेच्ने गरिएको छ। तर प्रशोधन गरेर बजारमा लैजान भने पहिलो पटक उद्योग खुलेको हो।

उद्योगले अलैंचीका १ सय, २ सय, ५ सय ग्राम र १ केजीको साना प्याकेटसमेत बनाउने छ। यसरी साना साना प्याकेट बनाएर बजारमा जाँदा अलैंची सबैले सजिलै किन्न सक्छन्। माघ अन्तिम सातातिर उक्त उद्योग उद्घाटनमा ल्याउने तयारी छ।

‘मेशिन सबै फिट गरिसक्यौं, अहिले ट्रायलको रूपमा काम भइरहको छ’, उनले भने।५ करोड लागत भएको उक्त उद्योगमा ३ जनाको लगानी रहेको छ। पछिल्लो समय अलैंचीको निर्यात पनि बढ्दै गएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७६र०७७ को साउनदेखि मङ्सिरसम्ममा २३ लाख १६ हजार ८ सय ८७ किलो अलैंची निर्यात भएको छ।सो अलैंची निर्यातबाट १ अर्ब ८६ करोड रूपैयाँ भित्रिएको छ। सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published.