नेपाल लाइफ इन्स्योरेन्स इलामद्धारा सन्दकपुरका सन्जयको परिवारलाई तेह्र लाख रुपैयाँ हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्स इलामद्धारा सन्दकपुरका सन्जयको  परिवारलाई   तेह्र लाख रुपैयाँ हस्तान्तरण

फिक्कल: इलामको सन्दकपुर गाउँपालिका वडा नंम्बरं ५ का स्वर्गीय सन्जय फेदापे लिम्बुको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखाले मृत्युदावी वापत तेह्र लाख रुपैया हस्तान्तरण गरेको छ ।
कम्पनीको इलाम शाखाले मृतक फेदापेको घरमै पुगेर मृत्यु दावी वापतको बिमा रकम आईतबार उनको परिवारलाई हस्तान्तरण गरेको हो । कम्पनीको तर्फबाट इलाम शाखा प्रमुख बालकृष्ण दवाडी, कर्मचारी राजु अधिकारी,वरिष्ठ एजेन्सी मेनेजर भक्ति प्रसाद भट्टराई, एजेन्सी मेनेजरहरू चिरञ्जीवी नेपाल , भुवन पौडेल र भुमी प्रसाद बराल रकम हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

इलाम शाखा प्रमुख दवाडीले यस किसिमले घर दैलोमा गई दावी दिनाले सबैको बिमा प्रतिको विश्वास र आकर्षण बढ्ने बताउनु भयो । वरिष्ठ एजेन्सी मेनेजर भट्टराईले नेपाल लाइफको बिमा योजनाहरूको बारेमा र नेपाल लाइफले दिईरहेको सरल तरिकाको बिमा सेवा बारे उक्त कार्यक्रममै प्रकाश पारेका थिए ।

वैदेशिक रोजगारको क्रममा कोरिया जानु अघि नेपाल लाइफ मा म्यदी बिमा गराई बिदेशिएका फेदापेको गत असोज २० गते निधन भएको थियो ।