माईबेनी मेला सुरु : माईजोगमाई गाउँपालिकाले माघ १ गते स्थानीय बिदा दिने

Breaking News Hot News Mukya Samachar Special News Trending गण्डकी प्रदेश बिजनेस समाज

डम्बर कुमार निरौला: माईजोगमाई:

माघे सक्रान्तिको अवसरमा इलामको माइ र जोगमाई खोलाको दोभानमा लाग्दै आएको माइबेनी मेला यस बर्ष पनि लाग्ने भएको छ ।परम्परागत रुपमा लाग्दै आएको मेला माघ २ गते सम्म लाग्ने भएको छ ।

मेलालाई मध्यनजर गर्दै विद्युत र खानेपानीको ब्यवस्था समेत गरिएको र अस्थायी चर्पी निर्माणको काम समेत सकिएको मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई गाउँपालिका वडा नं ४ का अध्यक्ष गणेश कुमार राईले जानकारी दिनुभयो ।

मेलामा आउने पर्यटक तथा धर्मावलम्वीहरुको सुविधालाई मध्यनजर गर्दै खोला वारपार गर्नका लागि जोगमाई खोलामा अस्थायी पुल९फड्के० र सवारी पार्किङ्गका लागि तीन स्थानमा पार्किङ्ग स्थल तयार गरिएको राईको भनाई छ । मेलालाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य शिविर समेत रहने छ ।

मेलालाई मर्यादित, सुरक्षित र झै— झगडा मुक्त बनाउन माइबेनी मेला प्रवेश गर्ने सबै प्रवेशद्धारहरुमा सुरक्षाकर्मीको समेत परिचालन गरिएको छ ।

जोगमाई र माई खोलको दोभानमा रहेको माइबेनी इलामका तीन स्थानिय तह इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगम स्थल हो । माइबेनी इलाम जिल्ला कै महत्वपूर्ण धार्मिक स्थल पनि हो । हरेक बर्षको माघेसक्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ ।

स्थानिय उत्पादित कृषि उपज तथा कला संस्कृतिको प्रचार प्रसार गर्ने साथै धार्मिक आस्थालाई बचाइराख्ने उदेश्यले मेला आयोजना गरिँदै आएको छ । फराकिलो खेत र खोला बगरमा लाग्ने मेला पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै गएको छ ।

उक्त मेलामा इलाम, झापा, पाँचथरका साथै भारतको पश्चिम बंगाल सिक्क्मि, दार्जिलिङ्ग, मिरिक लगायतका क्षेत्रबाट पर्यटक तथा दर्शनार्थीहरु आउने गरेका छन । यसरी आएका धर्मावलम्बीहरुले जोगमाई र माइ खोलामा स्नान गरी त्यसै स्थानमा रहेको माइ भगवती मन्दिरमा पूजाआजा गर्ने गरेका छन् ।

मेलामा कृषि प्रदर्शनीको समेत आयोजना गरिएको छ । गत बर्ष झैँ यस बर्ष पनि कृषि प्रदर्शनी रहने माइजोगमाई गाउँपालिका कृषि शाखा प्रमुख अनिशा राईले बताइन् । प्रदर्शनीमा जिल्ला भरीका किसानहरुलाई सहभागी गराइने र उत्कृष्ट किसानहरुलाई पुरस्कृत समेत गरिने कृषि शाखा माइजोगमाई का प्रमुख अनिसा राइको भनाइ रहेको छ ।

मेलामा खाद्यान्नबाली, दलहनबाली, फलफूल र तरकारीबाली समाबेश गरिने र प्रदर्शनीका लागी पुस २९ गते देखी दर्ता गरी माघ १ गते विहान ८ बजे सम्म राखिने कृषि शाखा प्रमुख अनिसा राइले जनकारी दिइन् ।

माघेसक्रान्तिका दिन माइबेनी मेलालाई मध्यनजर गर्दै माइजोगमाई गाउँपालिकाले स्थानिय विदा दिँदै आएको छ यस बर्ष पनि माईजोगमाई गाउपालिका कार्यपालिको ७८ औ बैठकले स्थानीय बिदा दिने निर्णय गरेको माईजोगमाई गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.