माईबेनी मेलाको रौनक शुरु: भारतीय पर्यटकको ओईरो

Breaking News Hot News Mukya Samachar Special News Trending गण्डकी प्रदेश पर्यटन बिजनेस

फिक्कल : इलामको माई र जोगमाई खोलाको दोभानमा लाग्दै आएको माइबेनी मेलामा आज बिहानै देखि मकर नुहाउने दर्शनार्थीको भीड लागेको छ । परम्परागत रुपमा लाग्दै आएको मेलामा स्वदेश तथा बिदेशबाट मकर नुहाउनका लागि पर्यटक उक्त स्थानमा आएका हुन ।
उक्त मेलामा इलाम, झापा, पाँचथरका साथै भारतको पश्चिम बंगाल सिक्क्मि, दार्जिलिङ्ग, मिरिक लगायतका क्षेत्रबाट पर्यटक तथा दर्शनार्थीहरु आएका छन ।

धर्मावलम्बीहरुले जोगमाई र माई खोलामा स्नान गरी त्यसै स्थानमा रहेको माई भगवती मन्दिरमा पूजाआजा गरिरहेका छन । मेलामा आउने पर्यटक तथा धर्मावलम्वीहरुको सुविधालाई मध्यनजर गर्दै खोला तर्नका लागि जोगमाई खोलामा अस्थायी पुल (फड्के) र सवारी पार्किङ्गका लागि तीन स्थानमा पार्किङ्ग स्थल तयार गरिएको छ । मेलालाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य शिविर समेत राखीएको छ ।
मेलालाई मध्यनजर गर्दै विद्युत र खानेपानीको ब्यवस्था समेत गरिएको छ । उक्त स्थानमा अस्थायी शौचालय निर्माण गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई गाउँपालिका वडा नं ४ का अध्यक्ष गणेश कुमार राईले जानकारी दिनुभयो ।
जोगमाई र माई खोलको दोभानमा रहेको माइबेनी इलामका तीन स्थानिय तह इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगम स्थल हो । माइबेनी इलाम जिल्ला कै महत्वपूर्ण धार्मिक स्थल हो । हरेक बर्षको माघेसक्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ ।मेलालाई मर्यादित, सुरक्षित र झै— झगडा मुक्त बनाउन माइबेनी मेला प्रवेश गर्ने सबै प्रवेशद्धारहरुमा सुरक्षाकर्मीको समेत परिचालन गरिएको छ ।

भारतीय पर्यटकको ओईरो


मेलामा भारतका बिभिन्न स्थानबाट पर्यटक आएका छन । मकर नुहाउन भारतको पश्चिम बंगाल सिक्क्मि, दार्जिलिङ्ग, मिरिक लगायतका क्षेत्रबाट पर्यटक तथा दर्शनार्थीहरु आएका छन । भारतीय पर्यटकको संख्या अत्यधिक रहेको पाईएको छ । भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरी पर्यटकहरु हिजै देखि मेलामा आएका हुँन ।

कृषि प्रदर्शनी


मेलामा कृषि प्रदर्शनीको समेत आयोजना गरिएको छ । गत बर्ष झैँ यस बर्ष पनि कृषि प्रदर्शनी आयोजना गरिएको माइजोगमाई गाउँपालिका कृषि शाखा प्रमुख अनिशा राईले बताईन । प्रदर्शनीमा जिल्ला भरीका किसानहरुलाई सहभागीता रहने छ । उत्कृष्ट किसानहरुलाई पुरस्कृत समेत गरिने छ ।

उखु र तरुलको ब्यपार फस्टायो


बेनी मेलामा स्थानीय परिकार बिभिन्न जातका तरुल र उखुको ब्यपार फस्टाएको छ । संघ्रान्तीमा तरुल खाने परम्पराका कारण पनि ब्यपार फस्टाएको स्थानीय ब्यवसायीले जनाएका छन । घरतरुल , बन तरुल , सखरखण्डा, स्कुसको जरा , सिमाल तरुल लगायत कन्दमुलको ब्यपार मेलामा फस्टाएको छ । मेलामा बिभिन्न जातका उखुको समेत ब्यपार फस्टाएको छ । बेनी पुगेका पर्यटकले कोशेलीको रुपमा उखु लैजाने गरेका छन ।

Leave a Reply

Your email address will not be published.