इलामको सूर्योदय र रोङ गाई पकेट क्षेत्र बन्दै

Breaking News Hot News Special News Trending प्रदेश नं. १ प्रदेश संस्करण बिजनेस समाज


प्रेम अधिकारी ,पशुपतिनगर(इलाम)
:

इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका अव गाई जोन क्षेत्र बन्ने भएका छन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत देशका सात सय ५३ स्थानीय तहमध्ये सूर्योदय नगरपालिका र रोङ गाउँपालिकालाई देशमै पहिलो पटक गाई जोन क्षेत्र बनाउन लागिएको हो ।
कृषि र पशुपालनको क्षेत्रमा अब्बल रहेको सूर्योदय नगरपालिकाका १४ वटा वडा र छिमेकी रोङ गाउँपालिकाका ६ वटा वडा मिलाएर नेपाल सरकारले गाई जोन क्षेत्र घोषणा गरिसकेको छ । यी दुई क्षेत्रमा उक्त कार्यक्रम संचालन गर्नका लागि परियोजना संग सम्झौता समेत भैसकेको छ । कायक्रम संचालन हुने भएपछि सूर्योदय नगरपालिकाले यहाँका कृषक, कृषक समूह,संस्था,डेरी संचालक, फार्म संचालकहरुलाई सूचिकृत गराउन उनीहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरेर सूचीकृत गराउने प्रक्रिया थालेको छ ।
गाई जोन कार्यक्रम अन्र्तगतको कार्यालय समेत सूर्योदय नगरपालिकामा स्थापना गरी काम शुरु भैसकेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । उहाका अनुसार एक घरमा पाँचवटा सम्म गाई पाल्ने किसानलाई उक्त कार्यक्रममा सहभागीताका लागि सूचीकृत गराईने छ । गाई फार्म संचालक स्वत उक्त कार्यक्रममा सहभागी बन्ने छन । नगर प्रमुख राईले गाई जोन संचालनको मापदण्ड अनुसार यी दुई क्षेत्रमा दुई सय गाई पालन र दैनिक पाँच हजार लिटर दुध उत्पादन हुन पर्ने जानकारी दिनु भयो ।
शुरुवाती चरणमा प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाको एक करोड २० लाख रुपियाँ लागतमा उक्त कार्यक्रम संचालन हुने छ । परियोजना संचालन भए पछि ब्यवसायीक किसानले अनुदान लगायतका सुविधा पाउने छन । नगर प्रमुख राईले भन्नु भयो ‘गाईपालन गरिरहेकै किसानलाई ब्यवस्थित गर्ने हो,यो कार्यक्रमले किसानलाई थप ब्यवसायीक बनाउछ ।’ उहाले परियोजना संचालन भए पछि दुवै पालिकाका अधिकांश किसान ब्यवसायीक गाईपालन तर्फ लाग्ने बताउनु भयो । उक्त परियोजना संचालन भए पछि ब्यवसायीक गाई पालन गर्ने किसान , दुध उत्पादक तथा संकलक संस्था , समुह , फर्म , डेरी , दुध चिस्यान केन्दले अनुदान सहितका सुविधा पाउने छन् ।

रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राईले उक्त परियोजना संचालन संगै किसानलाई अनुदान र प्रोत्साहन हुने बताउनु भयो । उहाले भन्नु भयो ‘यो परियोजनाले किसानलाई ब्यवस्थित गर्न र दुधको बजारीकरणका लागि ठूलो सहयोग पुग्ने छ ।’ अध्यक्ष राईले गाई जोन कार्यक्रम सफल भए पछि गाई सुपर जोन बन्ने बताउनु भयो । गाई सुपर जोन घोषणा गर्न सके थप बजेट गाईपालक किसानका लागि भित्रिने छ ।
परियोजना संचालनमा आउने भए पछि स्थानीय ब्यवसायीक गाई पालक किसानहरु थप उत्साही भएका छन । कन्यामका किसान बिमल आचार्यले गाई जोन कार्यक्रमले किसानलाई थप उत्साही बनाएको बताउनु भयो । यता दुध डेरी संचालक दिनेश महतले पहँुचवालाकामा मात्र यस्ता कार्यक्रम पुग्ने भएकाले खास किसान सम्म पुग्नेमा संका रहेको बताउनु भयो ।
सूर्योदय नगरपालिकाले यस अघि देखि नै दुध उत्पादन बढाउन नगरका किसानलाई गाई र घाँस अनुदान दिदै आएको छ । नगरले सबै वडामा गरी हाल सम्ममा सयको हाराहारीमा अनुदान स्वरुप किसानलाई गाई वितरण गरिसकेको छ । नगरले उक्त अभियान जारी नै रहने जनाएको छ । रोङ गाउँपालिकाले ६ वटै वडालाई कृषिका बिभिन्न पकेट क्षेत्र घोषणा गरी किसानलाई अनुदान दिदै आएको छ ।
यस अघि प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत इलाम नगरपालिका , सन्दकपुर गाउँपालिका र देउमाई नगरपालिकाका किवी उत्पादन हुने क्षेत्र मिलाएर किवी जोन घोषणा गरेर कार्यक्रम गरिदै आएको छ । गोरखापत्र दैनिक

Leave a Reply

Your email address will not be published.