प्रथम सूर्योदय पर्यटन महोत्सवको आय व्यय सार्वजनिक ,महोत्सव उपलब्धीमुलक भएको आयोजकको दावी

Breaking News Mukya Samachar Special News Trending प्रदेश संस्करण बिजनेस

राजकुमार दहाल , इलाम:

इलामको सूर्योदयनगरपालिकाले गत मसिंरमा आयोजना गरेको प्रथम सूर्योदयनगर पर्यटन महोत्सवको आयव्य सार्वजानिक गरेको छ ।महोत्सव मुल आयोजक समितिका सयोंजक तथा उपप्रमुख दुर्गादेवि भटटराईको अध्यक्षता तथा सूर्योदयनगरपालिका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महोत्सव मुल आयोजक समितिका लेखा सयोंजक इश्वरी प्रसाद अधिकारीले महोत्सवमा जम्मा ३९ लाख ६३ हजार १ सय ८४ रुपैया खर्च तथा एक लाख ९ हजार ३ सय ६० रुपैया आम्दानी भएको जानकारी दिनु भयो ।

महोत्सवमा ८ वटा गेट निमार्णमा १० लाख ८ हजार स्टेज निमार्णमा ७८ हजार , इन्धन ५१ ह्जार ९ सय ९८ रुपैया , टोपि खरिदमा १ लाख १७ हजार , प्रचारप्रसार स्टिकर फेक्स ब्रुसर निमन्त्रणा कार्ड १ लाख ४९ हजार ६ सय ६२ रुपैया , कलाकार राष्टीय तर्फ १८ जनाको लागि ६ लाख ४० हजार ८ सय महोत्सवगान ५९ हजार , साउण्ड सिस्टम १ लाख ९९ हजार ७ सय ३५ रुपैया उद्घाटन तथा समापन खर्च २ लाख २५ हजार ९ सय ४५ रुपैया स्थानीय कलाकार पारिश्रमिक ८१ ह्जार ६ सय ५० रुपैया , सुरक्षा तथा स्वमंसेवक १ लाख ३० हजार ५० रुपैया झाकीमा ३९ हजार २ सय ६० रुपैया खर्च भएको जानकारी दिईएको छ यता सञ्चारमाध्यम बिज्ञापन मा १ लाख ४२ हजार २ सय ७० रुपैया , प्रोमोशन भिडियो क्लिप ३१ ह्जार फोटो कन्टेष्टमा १५ हजार ६ सय ६० रुपैया , साईकल र्यालीमा १८ हजार ६ सय , सार्वजानिक सुनुवाई प्रतिबेदन तयारीमा ३० हजार अन्य खर्च २ लाख २० हजार र क्षेत्रगत समिति एक मुष्ठ १२ लाख ३ सय २४ रुपैया खर्च भएको छ । जम्मा खर्च तर्फ ३९ लाख ६३ हजार १ सय ८४ रुपैया रहेको छ ।

यस्तै १ लाख ९ हजार ३ सय ६० रुपैया आम्दानी भएको छ । आम्दानी तर्फ अन्तू फिसिङ र स्टल बिक्रीबाट ३८ हजार २ सय कन्याम स्टल बिक्री ६२ हजार , कर्फोक स्टल बिक्रीबाट ९ हजार १ सय ६० रुपैया भएको छ । जम्मा भएको खर्चमा आम्दानी कटाउदा ३८ लाख ५३ हजार ८ सय २४ रुपैया कुल खर्च भएको अधिकृत छैटौ अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख राईले महोत्सव निक्कै फलदायी भएको आफुले महशुस गरेको बताउनु भयो । उहाले महोत्सवलाई सफल पार्न अनवरत रुपमा खटने मुलआयोजक समिति क्षेत्रिय समिति स्थानीय बासी पर्यटन ब्यवसायी भिभिन्न सघं सस्थां बुद्धीजिवि पत्रकार सञ्चारमाध्यम सबैलाई धन्यवाद दिनु भयो । उहाँले पर्यटन बर्ष २०२० को पुर्वसन्ध्यामा कार्यक्रम गर्दै गर्दा नेपालको पुर्विडोकामा सबै पर्यटकलाई स्वागत गर्दै आयोजना गरीएको महोत्सव सबै क्षेत्रमा चर्चाको विषय भएको तथा मिडियाहरुमा पहिलो प्राथामिक्तामा परेकोले पनि महोत्सव निक्कै भब्य भएको आफुले महशुस गरेको बताउनु भयो । सूर्योदयनगरपालिका पर्यटकिय नगरी भएकोले पनि भ्रमण बर्षको सूरुवाती चरणमा महोत्सव गर्दा नगरको पर्यटन प्रर्वद्धनमा महोत्सव कोशेढुङगा साबित भएको बताउनु भयो ।

महोत्सव मुल आयोजक समिति सयोंजक तथा उपप्रमुख दुर्गादेवि भटटराईले महोत्सव निक्कै सफल भएको र यसबाट आफु सन्तुष्ट भएको बताउनु भयो । एउटै आयोजकले एकैपटक ५ स्थानमा महोत्सव गर्नु यो नेपालमै नौलो भएको र पाचँ स्थानमा महोत्सव सफल बनाउन निक्कै चुनौति समेत भएको भन्दै उहाँले सबैको साथ सहयोगमा महोत्सव सफल भएको प्रष्टपार्नु भयो । उहाँले महोत्सवको समयमा साथ दिने सबै प्रति आभार प्रर्कट गर्नु भयो ।

कार्यक्रममा महोत्सवमा साथ दिन नगर क्षेत्रका कलाकारहरुलाई सम्मापन समेत गरीएको छ । कलाकार सगै घोडा ब्यवसायी सघँ नेपाल आदिबासी जनजाती महासघँ सूर्योदयनगर समन्वय समिति सूर्योदय प्याप्सन लाई पनि सम्मान गरीएको छ । कार्यक्रममा महोत्सव फिक्कल क्षेत्रको क्षेत्रिय सयोंजक साधाना फागोले महोत्सवले सूर्योदयको पर्यटन प्रर्वद्धनमा निक्कै सयोग पुराएको आफुले पाएको धारणा राख्नु भयो । कलाकार रगुन गुरुङले कलाकारलाई राष्ट्रीय र स्थानीय भनेर छुटाउन नहुने धारण राख्नु भयो । उहाँले नगरकोे आयोजनामा भएको महोत्सवमा कलाकारले सकेसम्म साथ दिएको प्रष्टपार्दै आगामी दिनमा पनि कलाकारको साथ रहने बताउनु भयो । नेपाल आदिबासी जनजाती महासघँ नगर समन्वय समिति का अध्यक्ष सोनाम योल्मोले आदिबासी जनजातीहरुको झाकी लगायतलाई प्रस्तुतिको समय कम भएको तथा तयारी लगायतमा बजेट समेत कम भएको बताउनुभयो ।

सबै स्थानमा एकै पटक कार्यक्रम राख्दा समय ब्यवस्थापन तथा नगरको पदाधीकारीको सहभागीतामा समस्या हुने भएकोले एकै पटक भन्दा पनि अलगअलग समयमा महोत्सव राख्दा राम्रो हुने उहाँको भनाई छ । यस्तै प्याप्सन अध्यक्ष लाकेल लामाले बिद्यालयहरुको तर्फबाट सकेजति साथ दिने कोशिस गरेको र आगामी दिनमा पनि यो क्रम जारी रहने उहाँको भनाई छ ।

सूर्योदयनगरपालिका वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा निमित्त प्रुमुख प्रशासकिय अधिकृत रुद्र नारायण साप्कोटा , प्रसाकिय अधिकृत सविना चौलागाई वडाअध्यक्षहरु कर्यपालिका सदस्य सरोकारवाला कलाकार लगायतको बाक्लो उपस्थीति रहेको थियो । यसबारेको अडियो सामाग्री आगामी सोमबारको हेल्लो सूर्योदयमा समेटने छौं ।

Leave a Reply

Your email address will not be published.