सूर्योदय नगरपालिकामा तीनवटा सिंचाई आयोजना संचालन हुँने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस समाचार समाज

इलाम: सूर्योदय नगरपालिका र कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता ९एःक्ष्क्ऋ० बीच साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राई र उपप्रमुख दुर्गादेवी भट्टराईको उपस्थितिमा निमिक्त प्रमुख प्रशासकीय अधिकृत रुद्र नारायण सापकोटा र साना सिंचाई कार्यक्रमका फिक्कल क्लष्टर संयोजक केशब लामा बीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


हस्ताक्षर पछि नगरप्रमुख राईले कार्यक्रमको लक्ष्य उद्देश्य अनुरुप विपन्न वर्गका कृषकहरुको रोजगारी र कृषि आयमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । हामीले आफ्नै नगर रोजगारदस्ता बनाएका छौं, यस कार्यक्रममा दक्ष जनशक्तिको रुपमा उनीहरुलाई पनि प्रयोग गर्न सके कार्यक्रम थप प्रभावकारी हुने नगरप्रमुख राईले बताउनु भयो ।


विपन्न वर्गका कृषकहरुको कृषि आयमा वृद्धि गरि गरिवी न्युनिकरण गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको संयोजक लामाले बताउनु भयो । सूर्योदय नगरपालिकाका विभिन्न वडाहरुबाट माग भई आएका साना सिंचाई योजनाहरु मध्ये साना सिंचाई कार्यक्रमको योजना छनौंटका मूख्य आधारहरु पानीको स्रोतको उपलब्धता, सिंञ्चित हुने जग्गाको क्षेत्रफल, बजारको पहुँच र विपन्न तथा सुविधा बञ्चित समुदायको अवस्था समेतलाई अध्ययन गरि यस आर्थिक वर्षमा तिनवटा योजना सञ्चालन हुने उहाँले बताउनु भयो ।


उक्त तिन वटै सिंचाई योजनाहरुको भेरिफिकेसन र विस्तृत सर्वेक्षण पुरा गरि परियोजना तयारी प्रतिवेदन ९एएच्० निर्माण अन्तिम चरणमा रहेको सिंचाई इन्जिनियर कैलाश चौधारीले बताउनु भयो । उहाँका अनुसार यस अघि चुलाचुली, मिक्लाजुङ, माङसेबुङ र रोङ गाउँपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भैसकेको बताउनु भयो ।


कार्यक्रम इलामका सात वटा स्थानीय तह चुलाचुली, रोङ, माङसेबुङ, सन्दकपुर, इलाम, देउमाई र सूर्योदयमा तथा पाँचथरको दुईवटा मिक्लाजुङ र फिदिम नगरपालिका गरि नौ वटा तहमा सञ्चालन हुनेछ । स्विट्जरल्यण्ड सरकारको ४० प्रतिशत, नेपाल सरकारको ३० प्रतिशत, स्थानिय सरकारको २० प्रतिशत र लाभान्वित समुदायको १० प्रतिशत वित्तिय साझेदारीमा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published.