इलाम नगरपालिकामा साना सिंचाई कार्यक्रम सञ्चालन हुने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस समाचार समाज

इलाम: इलाम नगरपालिका र कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता बीच साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । इलाम नगरपालिकाका नगरप्रमुख महेश बस्नेत र उपप्रमुख सुसिला नेम्बाङको उपस्थितिमा निमिक्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकुमार गौतम र साना सिंचाई कार्यक्रमका फिक्कल क्लष्टर संयोजक केशब लामा बीच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर पछि नगरप्रमुख महेश बस्नेतले कार्यक्रमको लक्ष्य उद्देश्य अनुरुप पारदर्शि र विपन्न वर्गका कृषकहरुको रोजगारी र कृषि आयमा वृद्धि हुने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम कार्यान्वयनमा आएका चुनौतीहरु समन्वय गरि हटाइने भएकाले गुणस्तरीय काम गर्नुपर्नेमा प्रमुख बस्नेतको जोड थियो । विपन्न वर्गका कृषकहरुको कृषि आयमा वृद्धि गरि गरिवी न्युनिकरण गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको संयोजक लामाले बताए । इलाम नगरपालिकाका विभिन्न वडाहरुबाट माग भई आएका साना सिंचाई योजनाहरु मध्ये साना सिंचाई कार्यक्रमको योजना छनौंटका मूख्य आधारहरु पानीको स्रोतको उपलब्धता, सिंञ्चित हुने जग्गाको क्षेत्रफल, बजारको पहुँच र विपन्न तथा सुविधा बञ्चित समुदायको अवस्था समेतलाई अध्ययन गरि यस आर्थिक वर्षमा दुईवटा योजना सञ्चालन हुने लामा बताए ।

उक्त दुई वटै सिंचाई योजनाहरुको भेरिफिकेसन र विस्तृत सर्वेक्षण पुरा गरि परियोजना तयारी प्रतिवेदन निर्माण अन्तिम चरणमा रहेको सिंचाई इन्जिनियर कैलाश चौधारीले बताए । उहाँका अनुसार यस अघि चुलाचुली, मिक्लाजुङ, माङसेबुङ, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र इलाम नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भैसकेको चौधरीले बताए ।कार्यक्रम इलामका सात वटा स्थानीय तह चुलाचुली, रोङ, माङसेबुङ, सन्दकपुर, इलाम, देउमाई र सूर्योदयमा तथा पाँचथरको दुईवटा मिक्लाजुङ र फिदिम नगरपालिका गरि नौ वटा तहमा सञ्चालन हुनेछ । स्विट्जरल्यण्ड सरकारको ४० प्रतिशत, नेपाल सरकारको ३० प्रतिशत, स्थानिय सरकारको २० प्रतिशत र लाभान्वित समुदायको १० प्रतिशत वित्तिय साझेदारीमा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published.