किसानका समस्या समाधान गर्न महासंघको माग

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ बिजनेस समाचार समाज

फिक्कल : राष्ट्रिय कृषक समूह महासंघ सूर्योदय नगरपालिकाको प्रथम नगर परिषद स्थानीय सरकारलाई किसानका समसया समाधान गर्न माग गर्ने निर्णय गर्दै मंगलबार सम्पन्न भएको छ ।
फिक्कल माध्यमिक विद्यायमा सम्पन्न परिषदले सूर्योदय नगरपालिकाको विषयगत समितिमा महासंगको प्रतिनिधित्वको व्यवस्था गर्न माग गर्ने गरेको छ । परिषदले कृषकलाई पायक पर्ने गरी कृषि र पशु सेवा प्राविधिकको व्यवस्था गर्न, कृषकलाई जंगली जनावारले पारेको असरको विषयमा ध्यानाकर्षण गराउँदै पिढीतलाई राहतको व्यवस्था गर्न स्थानीय सरकारसंग माग गर्ने निर्णय गरेको छ । सभाले नगरमा दर्ता हुने समूह दर्ता र नविकरणको व्यवस्था सहज बनाउन र दर्ता नविकरण शुल्क छुट गर्न समेत माग गर्ने निर्णय गरेको छ ।
परिषदले काउली बालीमा देखिएको क्लव रुट रोगको प्रकोप भएको सूर्योदय नगर पालिका वाड न ११ मा सो रोग निधानका लागि कार्यक्रम शुरु गर्ने निर्णय गरेको छ ।
महासंघले समुह व्यवस्थापन, लेखा व्यवस्थापन, वित्तिय साक्षरता तालिम सञ्चालन गर्ने लगायतको कार्यक्रम पारित गरेको महासंघका जिल्ला सचिव गणेश खड्काले जानकारी दिए ।
परिषदले नगरकार्यसमितिमा समेत हेरफेर गरेको छ । परिषदले महासंघको नगर सचिवमा बालकुमार भण्डारी र कोषध्यक्षमा प्रमिला आचार्यलाई चयन गरेको छ ।
सभाको उद्घाटनमा सूर्योदय नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले नगरपालिकाले महासंघसंग कृषकका सवालमा सहकार्य गर्ने बताए । उनले भने ‘वास्तविक कृषकको समस्या बोक्ने सस्थाको आवश्यकता रहेकाले हामी सहकार्य गर्न इच्छुक छौ ।’
महासंघका केन्द्रिय सदस्य विनोद देवानले महासंघले देशभरका किसानको साझा सस्था भएकाले किसानका समस्या समाधानका लागि अग्रसरता देखाउन सरोकारवाला सबैलाई आग्रह गरे ।
महासंघका जिल्ला अध्यक्ष विष्णु दुलालले स्थानीय तहलाई कृषि ऐन पारित गरेर किसानको हितमा योजनावद्ध रुपमा काम गर्न आग्रह गरे । महासंघले कृषि ऐन निर्माणका लागि स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलव्ध गराउँदै आएको छ । उनले महासंघले बर्गिकरण सहितको कृषक परिचय पत्र, करार खेती, कृषि तथा पशु विमाका कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारसंग छलफल अघि बढाएको बताए । परिषद नगर अध्यक्ष डम्बर प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.