पुराणबाट सिंहदेवी मा.वि.मा ४५ लाख संकलन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन बिजनेस समाचार समाज

गोविन्द लामिछाने, इलाम:

इलामको फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ४५ लाख रकम तथा जिन्सी सहयोग संकलन भएको छ ।
विद्यालयको भौतिक सुधार, प्राविधिक शिक्षा सञ्चालन तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सञ्चालित सप्ताहव्यापी पुराणमा उक्त सहयोग प्राप्त भएको हो । पुराणमा ४४ लाख ५० हजार नगद, ५२ रोपनी जग्गा तथा ३५ हजार बराबरको तुलादान गरिएको छ ।
पुराणमा दमक नगरपालिका निवासी चन्द्रबहादुर पौडेलले दुई लाख ५१ हजार १११ रुपैयाँ नगद प्रदान गर्नुभएको छ । त्यस्तै फाकफोकथुम ३ आमचोकका सोमध्वज पौडेलले दुई लाख २२ हजार २२२, गणेशबहादुर पौडेलले एक लाख ५१ हजार १५१, रामप्रसाद तामाङले एक लाख ११ हजार १११, दमक नगरपालिका निवासी हर्कबहादुर पाण्डेले एक लाख पाँच हजार ५५५, मदन अधिकारीले एक लाख एक हजार ११० र दधिराम ढकालले एक लाख एक हजार पाँच रुपैयाँ पुराणमा दान गर्नुभएको हो ।
त्यस्तैगरी फाकफोकथुम गाउँपालिकाले एक लाख सात हजार, जसिमहन्त फाउण्डेशनले ६४ हजार १५१ प्रदान गरेको छ । जग्गादाता सुवेदी परिवारका तर्फबाटत चन्द्रकृष्ण सुवेदीले तीन लाख सात हजार बराबरको गेट समेत निर्माण गरिदिनुभएको छ ।
त्यस्तैगरी फाउण्डेशनका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले ८२ हजार १११, मोतिखर पोखरेलले ७७ हजार ७७७, लोकप्रसाद ढकालले ६३ हजार ३६३, गुरुभक्त लामिछानेले ६२ हजार ५९५, बालकृष्ण लामिछानेले ६२ हजार २६२, डम्वर खडकाले ६१ हजार, श्रीमान पौडेलले ५५ हजार ६५५, प्रेमबहादुर खडकाले ५५ हजार ५७५, दिपेन्द्रप्रसाद पराजुलीले ५५ हजार ५५५, भवानी पोखरेलले ५५ हजार ५५५, टेकबहादुर पौडेलले ५४ हजार ३८५ रुपैयाँ दान गर्नुभयो ।
त्यस्तैगरी कृष्णप्रसाद लुईंटेलले ५४ हजार १५६, बेतप्रसाद लामिछानेले ५४ हजार १५४, अनिरुद्र लामिछानेले ५३ हजार ६१५ र १२ रोपनी जग्गा दान गर्नुभयो । त्यस्तैगरी भीमा खडका (शर्मा) ले ५३ हजार ६०५, बज्रबहादुर पौडेलले ५३ हजार ३५३, अर्जुन पौडेलले ५२ हजार ५५५, गंगाराम गौतमले ५२ हजार ५५२, कमानसिंह थेगिमले ५२ हजार ३००, योगेन्द्रविक्रम पौडेलले ५२ हजार १५२, चुडामणि पौडेलले ५१ हजार १५३, अर्जुनकुमार बोहोराले ५१ हजार १५१, श्यामसिंह पाण्डेले ५१ हजार १११, प्रदिप पौडेलले ५१ हजार १११, लक्ष्मण घतानीले ५१ हजार १११, हरिमाया कार्कीले ५१ हजार १०५, रामबहादुर र चन्द्रबहादुर पौडेलले ५१ हजार ५५ र टेकबहादुर पाण्डेले ५१ हजार १५१ रूपैयाँ दान दिनुभएको पुराण आयोजक समितिअन्र्तगत आर्थिक समितिले जनाएको छ ।
पुराणबाट संकलित रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानीले बताउनुभयो । जसिमहन्त स्मृति फाउण्डेशनका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले विद्यालयले क्याम्पस सञ्चालन गर्ने प्रतिबद्धता जनाएर भवन निर्माण गर्ने पक्का भएमा फाउण्डेशनका तर्फबाट ४० रोपनी जग्गा निःशुल्क प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।
पुराण समापन अवसरमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले प्राविधिक शिक्षा, भौतिक सुधारका लागि गाउँपालिकाले विद्यालयका लागि जस्तोसुकै सहयोग गर्न समेत तयार रहेको बताउनुभयो । पुराण आयोजक मुल समारोह समितिका संयोजक अनिरुद्र लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजन पौडेल, प्रमुख कथाबाचक पण्डित लोमश शरण उपाध्याय, प्रधानाध्यापक मोतिखर पोखरेललगायतले बोल्नुभएको थियो । सो अवसरमा चन्दादाताहरुलाई सम्मान गर्नुका साथै प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.