महालक्ष्मीको एजेन्सी तालिम अन्तुमा

Breaking News Trending घुमफीर जीवन शैली पर्यटन प्रदेश नं. १ बिजनेस

इलाम:महालक्ष्मी लाईफ इन्स्यूरेन्स कम्पनीले दुई दिने एजेन्सी मेनेजर रिफ्रेसमेन्ट तालिम इलामको पर्यटकिय नगरी श्रीअन्तुमा सम्पन्न गरेको छ । झापा र इलामका ३० एजेन्सी मेनेजरहरुको सहभागितामा तालिम सम्पन्न भएको हो ।
तालिममा कम्पनीले बजारमा ल्याएका नयाँ योजना र पुराना योजनाहरुले बिमितलाई पारेको प्रभावका बिषयमा चर्चा गरिएको थियो । नेपालकै कान्छो र नयाँ कम्पनीका रुपमा परिचित महालक्ष्मी लाइफ इन्स्यूरेन्सले कम समयमा बजारमा राम्रो ब्यापार गरेको छ ।
तालिममा उप–मुख्य कार्यकारी अधिकारी रामेश्वर श्रेष्ठ, ब्यापार शाखाका प्रमुख प्रशान्त धमला र प्रदेश नम्वर एकका प्रमुख पवन नेपालले सहजीकरण गरेका थिए ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन समेत पर्यटकिय नगरी श्रीअन्तुमा कार्यक्रम गरिएको कम्पनीका मेची अञ्चल प्रमुख गुञ्जन थापाले बताए । इलामको सूर्योदय नगरपालिका संघीय सरकारले घुम्नै पर्ने १ सय गन्तब्यमा अटाएको छ । सोहि अवसरका सो स्थानमा कार्यक्रम गरिएको प्रमुख थापाको भनाई छ ।महालक्ष्मी लाइफ इन्स्यूरेन्स कम्पनीले १९ वटा जिवन बिमा कम्पनी मध्ये सबैभन्दा पछि कारोबार सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published.