यसोदाको नयाँ चाउचाउ वजारमा

प्रदेश नं. १ बिजनेस रोचक सूचना प्रविधि

इलाम: करेन्ट चाउचाउ उत्पादन यसोदा फुड्स प्राली बुटवलले नयाँ स्वादको चाउचाउँ बजारमा ल्याएको छ । कोरियन चाउचाउँको स्वादमा रहेको यो चाउचाउँ नेपालमा नै पहिलो पटक उत्पादन भएर बजारमा ल्याइएको हो ।

नेपालमा सामान्यतया पाउने चाउचाउ भन्दा केही मोटो रुपको यो चाउचाउ नेपालकै सर्बोकृष्ठ भएको कम्पनीकी जनसम्पर्क अधिकृत सरस्वती बस्यालले दावी गरिन् । उनले यस प्रकारको चाउँचाउ नेपालमा उत्पादन नभएको बताइन् । हाल चाउचाउ हट एण्ड स्पाइसी र हट एण्ड लेमन गरि दुई स्वादमा बजारमा उपलब्ध रहेको कम्पनीका मेची अञ्चल प्रतिनिधि खेम निरौलाले जानकारी दिए ।

उनका अनुसार यस चाउचाउमा च्याउ, गाजर, मटर लगायतका मसला पाइन्छ । चाउचाउँ किन्दा सबै मसला पाइने उनले बताए । कोरिया बसेर आएकाहरुले अत्यान्तै रुचाउने भएकाले यहि स्वादको चाउचाउ नेपालमा उत्पादन गर्न सुरु गरिएको हो । युवा पुस्तालाई लक्षित गरेर यो चाउचाउ उत्पादन गरिएको कम्पनीले जनाएको छ । यो चाउचाउ पकाउन नजान्दा स्वाद नहुने भएकाले कम्पनीले ययलाई पकाउने तरिका र निशुल्क चाख्ने कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको छ । यसै क्रममा आइतबार इलाम बजारमा समेत निशुल्क चाउचाउ खाने कार्यक्रम तय गरियो । यस कार्यक्रममा जिल्लाका ब्यापारी, ब्यवसायी, बिद्याथी लगायत स्थानियले चाउचाउको स्वाद चाखेका थिए ।

उनीहरुले फरक स्वादको चाउचाउ भएकाले पनि स्वाद मन परेको बताएका छन् । पिरोका पारखीहरुका लागि यो चाउचाउ निकै स्वादिलो रहेको उपभोक्तहरुले बताए । कम पिरो खानेहरुका लागि पनि यसको प्याकेटमा भएको मसलाको इच्छा अनुसार प्रयोग गर्न सकिने छ । चाउचाउको प्यकेट भित्र तीनवटा सानो प्याकेटमा यसलाई चाहिने सम्पूर्ण मसलाहरू राखिएको छ । एक प्याकेट चाउचाउको बजार मुल्य पचास रुपया पर्दछ ।

Leave a Reply

Your email address will not be published.