पशुपतिनगर नाका खुल्यो, बजार सुनसान

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय पर्यटन प्रदेश नं. १ बिजनेस

प्रेम अधिकारी ,पशुपतिनगर:

नोबल कोरोना भाइरस (कोभिड १९) को प्रकोप फैलन सक्ने भन्दै भारतको पश्चिम बंगाल सरकारले शनिबार देखि बन्द गराएको पशुपतिनगर नाका हिजो साझबाट खुलाएको छ । आईतबार साझ भारतको बंगाल सरकारले सिमा क्षेत्रमा आवातजावत गर्नेको चेकजाँच गर्ने गरी बन्द गरेको यातायत खुलाएको छ ।
भारतीय अधिकारीको बैठकले सिमा क्षेत्रको यातायात बन्द हुँदा दुवै देशमा असर पर्ने भन्दै यातायत खुलाएको जनाएको छ । यातायत खुलाए पनि बजार सुनसान छ भने यात्रु समेत उक्त नाकामा गएका छैनन् । पश्चिम बंगाल सरकारले सार्वजनिक सूचना नै जारी गरेर सिमा सिल गरेको थियो । नाकामा थप कडाई गर्ने जनाए पछि दुबै देशमा रहेकाहरु आ–आफनो घर फर्किएका थिए ।

सधै ब्यस्त हुँने पशुपतिनगर बजार केहि दिन देखि सुनसान छ । बंगाली पर्यटकको घुईचो लाग्ने पशुपतिनगर बजार अहिले बन्द जस्तै देखिन्छ छ । प्राय पसलका सटरहरु बन्द छन् । मानिसको आवातजावात न्यून मात्र छ । शनिबार देखि भारत सरकारले नाकामा सवारी साधान बन्द गराए पछि बजार पुरै सुनसान भएको हो ।
घर फिर्ने र कामका लागि भनेर दुबै देश छिरेकाहरु आ– आफनो गन्तब्यमा फर्की रहेका छन । पश्चिम बंगाल सरकारले जरुरी काम परेकालाई आवातजावत गर्न खुकुलो गरेको जनाएको छ । पशुपतिनगर फाटक नाका भएर भारत जान आएका पर्यटकलाई भने झापा काकडभिट्टा नाकाबाट पठाउने भारतीय अधिकारीले जानकारी दिएका छन् । भ्रमणमा आएका ठूला सवारी साधनलाई काकडभिट्टा पठाईने भएको छ ।
नेपालबाट भारत जान भ्रमणमा आएका पर्यटकलाई नरोक्ने तर, पशुपतिनगरबाट जान नदिई काकडभिट्टा पठाईने भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर रमेश राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ अहिले सम्म उच्च ज्वरो देखिएका ७ जना भारतीय नागरिकलाई कोरोनाको आशंकामा उतै फर्काईएको छ ।’ सूर्योदय नगरपालिकाले संचालन गरेको हेल्प डेक्समा परीक्षण गराउदा उनीहरुमा १०४ डिग्री भन्दा माथि ज्वरोको तापक्रम देखिए पछि उनीहरुलाई भारत फर्काईएको हो । उक्त डेक्समा सात हजार बढीको तापक्रम नाप्ने काम भई सकेको छ ।
भारतीय पर्यटकको ओईरो लाग्ने पशुपतिनगरमा पर्यटकको आवागमन ठप्प भए पछि ब्यपार ब्यवसाय पनि ठप्प भएको छ । पर्यटक आउन छोडेपछि किनमेल समेत ठप्प छ । भारतीय ब्यपारी र पर्यटकका भारमा टिकेको पशुपतिनगर बजारमा अहिले स्थानीय मानिस मात्र देखिन्छन । स्थानीय समेत कोरोनाको त्रासले घर बाहिर कमै मात्र निस्कने गरेका छन् । सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले पर्यटक र ब्यपारी आउन छोडेपछि बजार ठप्प भएको जानकारी दिनु भयो । पशुपतिनगर भन्सार कार्यालय समेत केहि दिन देखि सुनसान बनेको छ ।
सिमानामा घर भई भारतका बिभिन्न क्षेत्रमा अध्ययन गर्दै आएका बिद्यार्थीलाई समेत अविभावकले घर फिर्ता गर्न थालेका छन । बजारका स्थानीय भने सिमा क्षेत्र भएकाले उक्त रोगको प्रकोप फैलन सक्ने भन्दै थप त्रसित भएका छन । भारत प्रवेश गर्नेको भारत तर्फ नै ज्वरो नाप्ने काम गरिदै आएको छ । भारत प्रवेश गर्नेको संख्या पनि घटेको छ । दुबै देशका अधिकारीले सिमानामा उच्च निगरानी र सजगता अपनाईएको जनाएका छन । गोरखापत्र दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.