आजदेखि लामो दुरीका सार्वजनिक गाडी बन्द

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

काठमाडौँ: लामो दूरीका सार्वजनिक गाडी आजदेखि बन्द गरिने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप सरकारले यस्तो निर्णय गरेको हो ।

सोमबारदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । सरकारले लामो दूरीको परिभाषामा २५० किलोमिटर भन्दा लामो दूरीलाई राखेको छ ।

यसको अर्थ २५० वा त्यो भन्दा कम दूरीको यात्रा गर्ने सवारी साधान भने चल्न पाउने छन् । तर एक जिल्लाबाट अर्को जिल्ला भने जान नपाउने यातायात व्यवस्था विभागले जनाएको छ । एउटै जिल्ला भित्र चल्ने सवारी साधानमा कुनै रोक लगाइएको छैन । देशको न्यूज

Leave a Reply

Your email address will not be published.