इलामको देउमाई नगरपालिकाद्धारा कार्यालयको सेवा सहित बजार र यातायत समेत बन्द गर्ने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

इलाम :

कोरोना बिरुद्धको अभियान जारी

बिश्वब्यापी ?पमा देखा परेको कोरोना भाईरबाट बच्नका लागि इलामको देउमाई नगरपालिकाले हाललाई सबै सेवा बन्द गरेको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरपालिकामा संचालित अतिआवश्यक बाहेक पसल , हाटबजार र यातायत सेवा बन्द गर्ने जनाएको हो ।
देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले बिश्वब्यापी ?पमा फैलिएको कोरोनाबाट नगरबासीलाई जोगाउनका लागि सबै सेवा बन्द गरिएको जानकारी दिनु भयो । नगरका सूचना अधिकारी गोेबिन्द बास्तोलाले यदि कोही ब्यक्तिमा कुनै समस्या देखा परे नगरमा समेत खबर गर्न आग्रह गर्नु भयो ।

नगरपालिकाले स्थानीयलाई सुरक्षित राख्नका लागि सबै नगरका सेवा बजार पसल , यातायत बन्द गरिएको जनाएको छ । नगरले सरकारी कार्यालय , संघ संस्था , गैर सरकारी संस्थालाई यो अभियानमा एकजुट भएर अभियानमा लाग्न नगरबासीमा आग्रह समेत गरेको छ । नगरले कोरोनाबाट बच्न अपनाउनु पर्ने सजगता अपनाउन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.