प्रदेश नम्बर १ सरकारद्वारा कोरोना नियन्त्रणका लागि १० करोडको कोष स्थापना

  • 319
    Shares
प्रदेश नम्बर १ सरकारद्वारा कोरोना नियन्त्रणका लागि १० करोडको कोष स्थापना


काठमाण्डौँ: विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका प्रदेश नम्बर १ सरकारले १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ ।

उक्त कोषमा मुख्यमन्त्री शेरधन राईसहित अन्य मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय समेत भएको छ ।