इलामका गाउँगाउँको सब्जी लकडाउनकै समयमा झापाका घरघरमा

इलाम: विश्वभर फैलिएको कोरोना भाईरसका कारण देश लकडाउनको स्थितिमा रहेको बेला इलामका गाउँ गाउँकाबाट तरकारी संकलन गरी बीआईजी एग्रीकल्चर कम्पनीले झापा पु¥याउन थालेको छ ।
१०१ जना दाजुभाई तथा दिदि बहिनी मिलेर सञ्चालनमा आएको बि.आई.जी. एग्रीकल्चर कम्पनी प्रा.लि.ले लकडाउनले झापाका बिभिन्न क्षेत्रमा सब्जी अभाव भैरहेको बेला इलाममा उत्पादन भएको ताजा सब्जी झापा पु¥याउन थालेको हो।
कम्पनीले इलामका गाउँ गाउँका किसानबाटबाट तरकारी संकलन गरी झापाका बिभिन्न बजारहरु बुधबारे, चारआली, धुलाबारी, बिर्तामोडमा सहुलीयत दरमा तरकारी उपलब्ध गराउदै आएको छ । घरबाट कोही पनि ननिस्किएको अवश्थालाई मध्यनजर गर्दै, घर घरमा तरकारी पु¥याइएको हो कम्पनीका अध्यक्ष भक्ती भट्टराईले जानकारी दिनु भयो ।
स्थानीय जन प्रतिनिधिहरूसँग सहकार्य गरी ताजा तरकारी दिने काम भैरहेको कम्पनीले जनाएको छ । कोरोनाका कारण तरकारी दिँदा १ मिटर दुरी कायम गरी लाईन बसाई दिने गरिएको छ । कम्पनीले सिधै किसानबाट ताजा तरकारी लैजाने र सिधै उपभोक्ताको घर घर मा पु¥याउन गर्दै आएको छ । जसले गर्दा किसानले पनि राम्रो मूल्य पाएका छन भने उपभोक्ताले पनि ताजा सब्जी घरैमा पाएका छन् ।
२ बढी चुक्ता पुँजी भएको कम्पनीले अबको १ वर्ष भित्रमा ३ करोड बढी चुक्ता पूजी करोड पुर्याउने लक्ष्य रहेको छ ।गाई, फार्म, बाख्रा फार्म, माछा र भैसी फार्म संचालनका लागि कम्पनीले मेचीनगर १५ मा ७ बिगाहा जग्गा खरीद गरी सकेको छ ।

Leave a comment

Your email address will not be published.