देउमाईका २६८ परिवारलाई राहत वितरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

देउमाई : देउमाई नगरपालिकाले कोरोना भाइरस ९कोभिड( १९ ० को रोक थाम तथा नियन्त्रण का लागि गरिएको लक डाउनका कारण समस्यामा रहेका २६८ विपन्न परिवार तथा असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई रहत वितरण गरेको छ । नगरले वडा न १ मा ३३ परिवार,वडा न २ मा २५ परिवार ,वडा ३ मा ३७ परिवार ,वडा ४ मा ३६ परिवार,वडा ५ मा २७ परिवार ,वडा ६ मा १६ परिवार रहेका छन् ।
त्यसैगरी वडा ७ मा ३४ परिवार ,वडा ८ मा २८ परिवार र वडा ९ मा ३२ परिवारलाई राहत वितरण गरेको जनाएको छ । नगर कार्यपालिकाको बैठकले राहत वितरणका लागि तयार पारेको कार्यविधि अनुरूप वडा कार्य समिति मार्फत नामावली संकलन गरी राहत वितरण गरेको हो। राहत लिने परिवारहरुमा मानसिक दबाब पर्ने भन्दै राहत वितरण गर्दै गरेको फोटो नराख्ने नगरपालिकाले निर्णय गरेको सुचना अधिकारी गोविन्दराज बाँस्तोलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.