माईजोगमाई गाउँपालिकालाई एनसीडीसी र सहारा नेपालको सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

नयाँबजार :कोरोना भाइरस (कोभिड–१९) बाट हुन सक्ने समस्यालाई मध्यनजर गर्दै माईजोगमाई गाउँपालिकाले स्थापना गरेको बिपद ब्यवस्थापन कोषमा आज ७५ हजार रुपैया नगद जम्मा गरिएको छ । नामसालिङ सामुदायीक विकास केन्द्र ९एनसीडीसी० ले कोषमा ५० हजार र साहारा नेपाल बहुद्धेश्य सहकारी संस्थाले २५ हजार रुपैया जम्मा गरेका हुँन् ।
दुवै संस्थाका प्रतिनिधीहरुले गाउँपालिका अध्यक्ष जितबहादुर राईलाई चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी सिभिल बैंक नयाँबजार शाखाले पनि ८ सय थान सर्जिकल मास्क, एक कार्टुन साबुन र सेनिटाइजर प्रदान गरेको छ । सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष राईले विपन्न र मजदुरहरुलाई राहत वितरणका लागि सहयोग रकम खर्च गरिने जानकारी दिएका छन ।गाउँपालिकाले ६ वटै वडामा पहिलो चरणको राहत बितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.