सहारा नेपालद्धारा देउमाई नगरपालिकालाई पचास हजार सहयोग

  • 220
    Shares
सहारा नेपालद्धारा देउमाई नगरपालिकालाई पचास हजार सहयोग

इलाम: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलबारे सेवा केन्द्रले देउमाई नगरपालिकालाई पचास हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोक थाम तथा नियन्त्रणका लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगद पचास हजार तथा स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको हो ।
संस्थाले नगद सहित ९ थान पीपीई र जनहित प्रचार समग्री उपलब्ध गरेको नगरपालिकाका सूचना अधिकारी गोविन्दराज बास्तोलेले एबीसी नेपालीलाई जानकारी दिनु भयो ।