माङसेबुङ गाउँपालिकाका एक हजार बढीलाई राहत बितरण

  • 30
    Shares
माङसेबुङ गाउँपालिकाका एक हजार बढीलाई  राहत बितरण

इलाम : कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणाा गरेको लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुका लागि इलामको माङसेबुङ गाउँपालिकाले पहिलो चरणको राहत प्याकेजको कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाले ६ वटै वडाका १ हजार १ सय ८६ असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग र असहाय घरपरिवारलाई राहत उपलब्ध गराउँदै पहिलो चरणको राहत प्याकेज सम्पन्न भएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गगोले जानकारी दिए ।

गत साता वडा नम्बर ४ र ६ बाट एकैसाथ राहत वितरण सुरु गरेको माङसेबुङले आइतबार वडा नम्बर ५ मा राहत वितरण सम्पन्न गरेसँगै पहिलो चरणको राहत वितरण सम्पन्न गरेको हो ।

राहत अन्तरगत गाउँपालिकाले विभिन्न ८ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको थियो । एक घरपरिवारले चालम २५ किलोग्राम, दाल ३ किलोग्राम, नुन २ पाकेट, खाने तेल २ लिटर, नुहाउने साबुन २ प्याकेट, लुगा धुने साबुन २ प्याकेट, हरियो मटर २ किलोग्राम र सोयाविन ९न्युटेला० १ किलोग्राम पाए ।

गाउँपालिकाबाट वडा नम्बर १ का १ सय ३६ घरपरिवारले राहत पाए । यो यो कुल घरसंख्याको १९।८६ प्रतिशत हो । त्यस्तै वडा नम्बर २ का १ सय २० परिवार ९१३।७६ प्रतिशत०, वडा नम्बर ३ का १ सय ५४ परिवार ९१८।६९ प्रतिशत , वडा नम्बर ४ का २ सय परिवार ९४८।०८ प्रतिशत, वडा नम्बर ५ का ४ सय ६७ परिवार ९७६।२ प्रतिशत० र वडा नम्बर ६ का १ सय ९ परिवार ९२०।९६ प्रतिशत० ले राहत पाए । दुई जनासम्मको परिवारले उल्लेखित राहत सामाग्रीको आधा र सो भन्दा बढी परिवार संख्या भए पुरै राहत सामाग्री पाए ।

‘असंगठित श्रेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड २०७६’ बमोजिम ६ वटै वडाबाट पहिचान गरिएका घरपरिवारलाई सम्बन्धित टोलटोलमा नै राहत वितरण गरेको थियो । नयाँ बुलन्दबाट