एड्भान्स म्यानेजमेन्ट ग्रुपद्धारा ढोरपाटन नगरपालिकालाई मास्क हस्तान्तरण

  • 124
    Shares
एड्भान्स म्यानेजमेन्ट ग्रुपद्धारा ढोरपाटन नगरपालिकालाई मास्क हस्तान्तरण

काठमाडौं : कोरोना भाइरसको महामारीबाट बच्न व्यक्तिगत स्वास्थ्य सुरक्षा महत्वपूर्ण हुँदै गएको छ । तर नेपालीहरुले सिमित आय श्रोत त्यों पनि अभावका कारण स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न नसकेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न पेशागत संघ संस्था र व्यवसायीक कम्पनीले स्थानीय निकायलाई सहयोग क्रम जारी छ ।
काठमाण्डौमा रहेको एड्भान्स म्यानेजमेन्ट ग्रुपका व्यवसायी दलबीर भण्डारीले आफ्नो ढोरपाटन नगरपालिकालाई मास्क सहयोग गरेका छन । राजधानीको सामाखुसी टाउनप्लानिङस्थित एडभान्स म्यानेजमेण्ट ग्रुपका सञ्चालक भण्डारीले ग्रुपको तर्फबाट नगरपालिकाका मेयर देवकुमार नेपालीलाई १ हजार थान मास्क हस्तान्तरण गरीएको एड्भान्स म्यानेजमेन्ट ग्रुपका अर्का संचालक मुकेश भण्डारीले जानकारी दिए । उक्त मास्क नगरपालिकामार्फत गरिब तथा विपन्नवर्गका जनतालाई वितरण हुने आफुले अपेक्षा गरेको व्यवसायी भण्डारीले बताए । सो अवसरमा ढोरपाटन नगरलाई स्वच्छ र स्वस्थ राख्ने अभियानमा मास्क उपलब्ध गराएर सहयोग गरेकोमा मेयर नेपालीले व्यवसायी भण्डारीप्रति आभार प्रकट गरे ।