कोरियामा रहेका युवा र जोगमाई हाइड्रोद्धारा माईजोगमाई गाउँपालिकालाई आर्थिक सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

माईजोगमाई : माईजोगमाई गाउँपालिका घर भई दक्षिण कोरियामा काम गरिरहेका रहेका युवा र जोगमाई हाइड्रोले माईजोगमाई गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन्। कोरीयामा रहेका युवाले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ८२ हजार भन्दा बढी रकम सहयोग गरेका छन । गाउँपालिकाको वडा नं २ का ७ जना युवाहरुले कोरियन वन ८ लाख ४० हजार अर्थात नेपाली ८२ हजार ४ सय ५९ रुपैया संकलन गरी जम्मा गरेका हुन । गाउँपालिकालाई सहयोग गर्नेहरुमा नरध्वज चाम्लिङ, बिकास चाम्लिङ , बुद्धवीर राई , रन्जित राई, किरन चाम्लिङ , आसिका महत र रमेश महत रहेको गाउँपालिका अध्यक्ष जित बहादुर राईले जानकारी दिनु भयो । बुद्धवीर राई इलामका पत्रकार समेत हुँन ।
यस्तै गाउँपालिका क्षेत्र भित्र रहेको सान्भी ईनर्जी प्रा.लि. द्वारा संचालित जोगमाई खोला हाईड्रो पावरले ५० हजार सहयोग प्रदान गरेको छ । हाइड्रो पावरका संचालक पाल्देन काजीले इन्जिनियर राजेन्द्र काफ्ले, स्थानीयबासी भक्त राई लगायतको उपस्थितमा गाउँपालिका अध्यक्ष राईलाई सहयोग प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.