गौतम बुद्ध रंगशाला सहयोगार्थ देउमाई सुपर कप क्रिकेट प्रतियोगिता हुँने

गणेश घिमिरे,इलाम: चितवनको भरतपुरमा निर्माणधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को सहयोगका लागि इलामको देउमाई नगरपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल आइस देउमाई सुपर कप क्रिकेट प्रतियोगिता हुने भएको हो । युवाहरुलाई खेलकुदको माध्यमबाट माथि उठाउन बिगत लामो समयदेखि सक्रिय भूमिका निभाइरहेको स्थानीय त्रिबेणि युथ क्लबले उक्त प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता चैत्र […]

Continue Reading

इलाममा जनगणना कार्यालय स्थापना

इलाम : राष्ट्रिय जनगणना २०७८ का लागि इलाममा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । इलाम सदरमुकामस्थित विपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो । वि।स। २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीब्र पार्न कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले नयाँ बुलन्दलाई जानकारी दिए । कार्यालयमा जनगणना अधिकारी र सहायक […]

Continue Reading

इलामको रुङसुङका रेसमको पिकअप दुर्घटनामा मृत्यु

फिक्कल:इलाम सूर्योदय नगरपालिका ३ रुङसुङमा आज दिउँसो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी […]

Continue Reading

इलामको सुकिलुम्बा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न

इलाम : इलामको आकाशबाट हिम श्रृखलाको दृश्य अबलोकन गर्दै राजधानी सम्म पुग्ने आशमा रहेका इलामेलीको हवाईजहाज चड्ने सपना अब भने पुरा हुने देखिएको छ । निर्माणाधिन फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भए सगै इलामे जनताको सपना पुरा हुने भएको हो । गत २०७५ सालको जेठ महिनामा तारा एयरको बिमान इलामको आकाशमा फन्को […]

Continue Reading

इलामको पुरानो गोर्खे बजार विकासको तिव्र दौडानमा

विकासको पर्खाईमा रहेको इलामको ऐतिहासिक गोर्खे बजार विकसित बन्दै गएको छ । कयौँ सम्भावना भएर पनि ओझेलिएको गोर्खे स्थानिय सरकार बनेको ३ बर्षयता भने विकासको तिव्र दौडानमा पुगेको हो । इलामको पर्यटकिय नगरी सूर्योदय नगरपालिकाको १ नम्बर वडामा अवस्थित यस क्षेत्रमा सडक,विद्युत,खानेपानि,शिक्षा जस्ता विकासका पुर्वाधारहरु क्रमश विकसित बन्दै गएका हुन् । सडक: धार्मिक,साँस्कृतिक, ऐतिहासिक तथा […]

Continue Reading

हराएको ४० वर्षपछि भारतीय जेलमा तिम्सिना दाजुभाइको संवाद

काठमाडौं : शरीरमा कमिज–सुरुवाल, खुट्टामा चप्पल । ठूलो जीउडाल भए पनि हेर्दै कमजोर लाग्थ्यो। वृद्धावस्थातिर प्रवेश गर्दै गरेको देखिने मानिस कोलकाताको दमदम केन्द्रीय कारागारका जेलरको कोठातिर प्रवेश गरे । दायाँतिर लहरै राखिएका कुर्सीमा बसेका प्रकाशचन्द्र तिम्सिना, गोपाल तिम्सिना र इन्द्र बस्नेतले ढोकातिर पुलुक्क हेरे । झण्डै ४० वर्षअघि हराएका प्रकाशका ठूलोबुबाका छोरा दुर्गाप्रसाद तिम्सिना (दीपक) […]

Continue Reading

सुखानी शहिद स्मृति फुटबलको उपाधि माई ४ र ७ लाई

इलाम : वडा स्तरीय प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको उपाधी माई –४ र ७ ले हात पारेका छन ।युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रिय स्तरको खेलाडी छनौटको उद्देश्य सहित माई–४ को शुक्रबारे खेल मैदानमा शनिबार सम्पन्न पुरुष फुटवल खेलमा वडा नम्बर–४ ले वडा नम्बर–९ लाई टाईबेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै […]

Continue Reading

‘नेकपा’ ले ऐतिहासिक अवसर गुमाएको ४१ महिना

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले दिएको ‘दसैं बम्पर उपहार–२०७४’ ले मुलुकमा सानो कम्पन ल्याएको थिएन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन दुई महिना पनि बाँकी थिएन । निर्वाचनको तयारी तीब्र थियो । दसैं मनाउन गाउँ गएकाहरू राजधानी फर्किएका थिएनन् । दसैंको टीकाकै भोलिपल्ट ९१५ असोज २०७५ मा० सहमति जुट्यो– नेकपा एमाले […]

Continue Reading

रोङ गाउँपालिकाको ६ वटै वडामा कोभिड बिरुद्धको खोप लगाईदै

गगन घिमिरे:कोभिड १९ रोग विरुद्ध खोप अभियान अन्तर्गत रोङ गाउँपालिकाको ६ वटै वाडमा संचालन भैरहेको छ। मंगलबार सम्ममा ६५ बर्ष माथिका ४ सय ४६ जना जेष्ठ नागरिकले खोप सेवा लिएका छ्न ।्सोमबार वार्ड नम्बर १ मा ४६ दुई मा ५३ जना तीन नम्बर मा ३९ चार मा १० रोङ ५ मा २८ र छ नम्बर […]

Continue Reading

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं : २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई […]

Continue Reading