इलाममा अरनीको सांस्कृतिक संग्राहलयको उद्घाटन

इलाम:इलाममा अरनीको सांस्कृतिक संग्राहलयको उद्घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको पुरानो कार्यालय रहेको भवनलाई सांस्कृतिक संग्राहयको रुपमा आईतबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले उक्त सग्राहलयको उद्घाटन गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालयको पुरानो उक्त भवनलाई इलाम नगरपालिकाले सग्राहलयका रुपमा बिकास गर्ने […]

Continue Reading

आज भानुजयन्ती

असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपाली भाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि।सं।१८७१ असार २९ गते भएको थियो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो। उनले भारतको […]

Continue Reading

सरकारलाई चुनौती : माईतीघर मण्डलामा गुठी विधेयकको विरुद्ध उर्लीयो जनसागर

काठमाडौं: सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध आन्दोलनमा उत्रिएका संस्कृतिप्रेमीहरुले सरकारको चर्को विरोध गरेका छन् । गुठी परम्पराको माध्यमबाट सरकारले परम्परादेखि चलिआएको धर्म संस्कृतिमाथि प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले सरकारको नेतृत्व गरिरहेको र आन्दोलनमा उत्रिएकाहरुलाई भाडाका आन्दोलनकारी भनेका प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन् ।आफूहरु भाडाका प्रदर्शनकारी […]

Continue Reading

कला र पौरख बेच्दै रोङका युवा

फिक्कल रोङ ४ पहरी गाउँका खड्ग बारुङ राईले आफनो युवा अवस्था बिदेशमै बित्योे । राईलाई घर फिर्दा गाउँमै कुनै आयमुलक काम गरिएला भन्ने लागेकै थिएन् । केहि दिनमै बिदेशीने खड्गको सोच अहिले परिवर्तन भएर गाउँमै ब्यवसायीक बन्नु भएको छ । सामान्य काठको काम गर्ने राईले रोङ गाउँपालिका र घरेलु बिकास समितिले संचालन गरेको बाँसका सजावट […]

Continue Reading

संसारकै सबभन्दा महान् आमा, यस्तो छ जनविश्वास

काठमाडौँ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व शनिबार जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यस दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष […]

Continue Reading

बिवादित घिमिरेलाई पुजारीबाट हटाईयो

इलामः माइली पाथिभराका पुजारी झमक बहादुर घिमिरेलाई समितिको बैठकले पुजारीमा रोक लगाउने निर्णय गरेको छ । पछिल्लो समय बिभिन्न बिवादमा मुछिएपछी पुजारी घिमिरेलाई समितिले हटाएको हो । झापा मेचीनगरपालिका १४का स्थानियले आफुहरुको ५७ लाख भन्दा बढी ठगेको भन्दै घिमिरे बिरुद्द उजुरी गरेका थिए । उनको ठगीधन्दा संचारमाध्यम आएपछी पुजारी बिवादमा मुछिएका थिए । वैसाख २ […]

Continue Reading

दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading

२०७५ सालका सर्वाधिक दश गीत

२०७५ सालमा रजतपटमा ९४ ओटा फिल्महरु प्रदर्शनमा आए भने २ फिल्महरु प्रदर्शन हुन बाँकी रहेका छन् । फिल्ममा गीत कथावस्तुलाई पुष्टि गर्न र कथालाई मजबुत बनाउन राख्ने गरिन्छ । निरन्तर पट्यार लाग्दो सिन बाट एकैछिन भनेपनि दर्शकको लागि गीतले छुटकारा दिन्छ । फिल्म प्रचारको गतिलो हतियार बन्ने गरेको छ गीत । नेपाली फिल्मका गीतहरुमा लोकलय, […]

Continue Reading

अमरकल्याण मा.वि.मा सप्ताह ज्ञान महायज्ञ

माइजोगमाई: इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित अमरकल्याण माध्यमिक विद्यालयमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव शुरु भएको छ । शनिबार शुरु भएको महायज्ञको प्रदेश सांसद खिनु लिम्बुले उद्घाटन गर्नु भयो । कार्यक्रम उद्घाटन गर्दै उहाले माइजोगमाईका विपन्न परिवारलाई आवासको व्यवस्था गर्ने बताउनु भयो । सांसद लिम्बूले माइजोगमाई गाउँपालिका भित्र बसोबास गर्ने दलित, […]

Continue Reading

इलामको मंगलबारेमा साहित्य महोत्सव

इलाम: इलामको देउमाई नगरपालिकाको मंगलबारेमा ‘देउमाई साहित्य महोत्सव २०७५’ शुरु भएको छ । दुइ दिने साहित्य महोत्सव उद्घाटन गर्दै पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले गर्नुभएकोथियो । देउमाई साहित्य महोत्सवमा प्रा डा. अभि सुवेदीले राजधानी र मोफसलको साहित्यको बारेमा चर्चा गर्नुभयो , मदन पुरस्कार विजेता नारायण वाग्ले, एपीवान टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्री, मदन […]

Continue Reading