इलामको सुकिलुम्बा विमानस्थल २ महिना देखि बन्द, कागजको प्लेन उडाएर बिरोध

इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलमा कागजी हवाईजहाज उडाएको छ ।राप्रपा निकट विद्यार्थी संगठनले ०७९ जेठ ६ गतेबाट विभिन्न कारणले बन्द भएको विमानस्थल सन्चालन गराउन विरोध स्वरुप कागजको हवाईजहाज उडाएको हो । ३० करोडको लागतमा निर्माण सम्पन्न विमानस्थलमा विगत २ महिना… Continue reading इलामको सुकिलुम्बा विमानस्थल २ महिना देखि बन्द, कागजको प्लेन उडाएर बिरोध

इलामको रोङमा चुरे दिवसको अवसरमा बृक्षारोपण

फिक्कल: इलामको रोङ गाउँपालिका ४ मा चुरे दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।रोङ गाउँपालिका र रणसार्दुल गण गडिथुम्का इलामको संयुक्त आयोजनामा बिभिन्न प्रजातिका बिरुवा रोपीएको हो ।गाउँपालिकाको कालीटारमा भेला भएका जनप्रतिनिधि, नेपाली सेना बन उपभोक्ता समितिका पदाधिकारी ,बन कर्मचारी र स्थानीयले सामुहिक रुपमा बिरुवा रोपेका हुँन । स्थानीय सुन्दर सामुदायीक बन क्षेत्रको खाली जमिनमा… Continue reading इलामको रोङमा चुरे दिवसको अवसरमा बृक्षारोपण

कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविरमा

फुङ्लिङ : कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यति धेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकै पटक आधार शिविर पुगेका हुन् ।दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक… Continue reading कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविरमा

इलामको फिक्कलमा माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज सम्पन्न,बर्दियाका बसन्त थारु प्रथम

फिक्कल: नयाँ बर्ष २०७९ को अवसरमा इलामको फिक्कलमा आयोजित पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जमा बर्दियायाका बसन्त थारु प्रथक बन्नु भयो ।३० बर्ष देखि ५४ बर्ष सम्मका राईर्डसको सहभागीता रहेको प्रतियोगितामा ३२ मिनेट १० सेकेण्डमा ११ किलोमिटर दुरी पार गर्दै थारु प्रथक बन्नु भएको हो । बुधबार फिक्कल बजारबाट शुरु भएर केराबारी, आरुबोटे , बरबोटे हुँदै… Continue reading इलामको फिक्कलमा माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज सम्पन्न,बर्दियाका बसन्त थारु प्रथम

इलामको सूर्योदयमा ‘माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज’ हुँने

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज आयोजना हुने भएको छ । वैशाख ३० गते प्रतिस्पर्धात्मक माउन्टेन बाइक एडभेञ्चर हुने भएको हो । ११ किलो मिटर दुरीमा हुने प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गर्नेछन् । दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद सहित ट्रफि… Continue reading इलामको सूर्योदयमा ‘माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज’ हुँने

इलामको नयाँबजारमा व्यवसायी भण्डारीको लगानीमा गणेशको प्रतिमा राख्ने तयारी

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एबम पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्नेगरि शिलान्यास गरिएको छ । करिब २१ फिट अग्लो प्रतिमा सोही ठाउँमा निर्माण गरि राखिने भएको हो । माईजोगमाई गाउँपालिका नयाँबजारका युवा व्यवसायी मुकेश भण्डारीले उक्त गणेशको प्रतिमा आफ्नै लगानीमा राख्ने भएका हुँन । उक्त मुर्ती निर्माण भइसकेर काम सम्पन्न… Continue reading इलामको नयाँबजारमा व्यवसायी भण्डारीको लगानीमा गणेशको प्रतिमा राख्ने तयारी

इलामको जोरकलस देखी झण्डीडाँडा सम्म राष्टिय झण्डा फहराइयो

डाईमण्ड तिम्सिना, रोङ: इलामको प्रबेशद्वार जोरकलस देखी रोङ ६ को झण्डीडाँडासम्म राष्टिय झण्डा फर्फराईएको छ ।रोङको पर्यटकीय गन्तब्य जोरकलशबाट करसोङ्ग पदमार्गको गुगल प्वाईन्ट र रोङ ६ को झण्डीडाँडामा युवा शशक्तीकरण संजालले राष्टिय झण्डा राखेको हो ।युवाहरुमा चौतर्फी चेतना बिकास,स्वरोजगार र नेतृत्वमा युवा र सामाजिक रुपान्तरणको अभियानमा जुटेका युवा संजालले गत नारी दिवसको दिन गरिएको निर्णयलाई… Continue reading इलामको जोरकलस देखी झण्डीडाँडा सम्म राष्टिय झण्डा फहराइयो

इलामको कन्याम क्षेत्रका होटल अनुगमन, धेरैको अवस्था सन्तोषजनक

फिक्कल: खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बिराटनगरले इलामको पर्यटकीय क्षेत्र कन्यामका होटलको अनुगमन गरी लोगो वितरण गरेको छ । पर्यटकीय क्षेत्र हर्कटे देखि शान्ति चोक सम्मका होटलको टोलीले अनुगमन गरी बिभिन्न सूचकको आधारणमा लोगो वितरण गरेको हो ।खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रतिनिधि, सूर्योदय नगरपालिका, होटल ब्यवसायी संघ, प्रहरी र पत्रकारको टोलीले होटलको सरसफाई सहितका… Continue reading इलामको कन्याम क्षेत्रका होटल अनुगमन, धेरैको अवस्था सन्तोषजनक

माईजोगमाईको थुम्केरानीमा निर्माण गरिएको पोखरीको उद्घाटन

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिका वडा नं ६ को थुम्केरानीमा निर्माण भएको पोखरीको आज उद्घाटन गरिएको छ । थुम्के क्षेत्रमा पर्यटन प्रवर्धन गर्न गाउँपालिकाले निर्माण गरेको पोखरीको गाउँपालिका अध्यक्ष जित बहादुर राईले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।उक्त क्षेत्रबाट माईजोगमाई गाउँपालिका सगै इलामका १० वटै स्थानिय तह सगै भारतका विभिन्न भूभाग तथा झापा, पाचथर र… Continue reading माईजोगमाईको थुम्केरानीमा निर्माण गरिएको पोखरीको उद्घाटन

इलामको नयाँबजारमा रेडपान्डा र यलम्बरको प्रतिमा अनावरण

फिक्कल: इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आज एक कार्यक्रमका बिच विश्वमै लोपउन्मुख रेडपान्डा र किराँतहरुको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ ।माईजोगमाई गाउँपालिकाको चिनारीको रुपमा रहेको रेडपाण्डा बजारको चोकमा राखिएको छ । यलम्बर राजाको सम्झनामा नयाँबजारमा रहेका किराँतहरुको शाकेला थानमा यलम्बर राजा घोडामा चडेको प्रतिमाको एकसाथ माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राइले अनावरण गर्नु भएको… Continue reading इलामको नयाँबजारमा रेडपान्डा र यलम्बरको प्रतिमा अनावरण

इलामको लेकाली क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)

फिक्कल : लगातारको हिमपातले इलामको सन्दकपुर लगायतका उच्च क्षेत्रको जनजिवन प्रभावित भएको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ, टङलु लगायतका क्षेत्रको जनजिवन प्रभावित भएको हो । यी क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।सन्दकपुर गाउँपालिकाको पर्यटकीय स्थल सन्दकपुर जौबारी माईजोगमाई गाउँपालिकाको थुम्केरानी तुम्लिङ, टङ्लु, मेघमा , सूर्योदय नगरपालिकाको चित्रे, पशुपतिनगर,… Continue reading इलामको लेकाली क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)

कन्याममा सरकारी चिया बगान अतिक्रमण गरिएको भन्दै बिरोध

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको कन्याममा नीजि जमिनमा जाने सडक निर्माण गर्दा चिया बिकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीय युवाले बिरोध जनाएका छन । सूर्योदय नगरपालिका ७ को कन्याममा केहि दिन अघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केहि जमिन समेत अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले आज बिरोध कार्यक्रम गरेका हुँन… Continue reading कन्याममा सरकारी चिया बगान अतिक्रमण गरिएको भन्दै बिरोध