इलामको नयाँबजारमा रेडपान्डा र यलम्बरको प्रतिमा अनावरण

फिक्कल: इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आज एक कार्यक्रमका बिच विश्वमै लोपउन्मुख रेडपान्डा र किराँतहरुको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ ।माईजोगमाई गाउँपालिकाको चिनारीको रुपमा रहेको रेडपाण्डा बजारको चोकमा राखिएको छ । यलम्बर राजाको सम्झनामा नयाँबजारमा रहेका किराँतहरुको शाकेला थानमा यलम्बर राजा घोडामा चडेको प्रतिमाको एकसाथ माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राइले अनावरण गर्नु भएको […]

Continue Reading

इलामको लेकाली क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)

फिक्कल : लगातारको हिमपातले इलामको सन्दकपुर लगायतका उच्च क्षेत्रको जनजिवन प्रभावित भएको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ, टङलु लगायतका क्षेत्रको जनजिवन प्रभावित भएको हो । यी क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।सन्दकपुर गाउँपालिकाको पर्यटकीय स्थल सन्दकपुर जौबारी माईजोगमाई गाउँपालिकाको थुम्केरानी तुम्लिङ, टङ्लु, मेघमा , सूर्योदय नगरपालिकाको चित्रे, पशुपतिनगर, […]

Continue Reading

कन्याममा सरकारी चिया बगान अतिक्रमण गरिएको भन्दै बिरोध

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको कन्याममा नीजि जमिनमा जाने सडक निर्माण गर्दा चिया बिकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीय युवाले बिरोध जनाएका छन । सूर्योदय नगरपालिका ७ को कन्याममा केहि दिन अघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केहि जमिन समेत अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले आज बिरोध कार्यक्रम गरेका हुँन […]

Continue Reading

कन्यामका संरचना तोडफोड गर्ने ३ जना पक्राउ

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको कन्यामका संरचना तोडफोड गर्ने तीन जना पक्राउ परेका छन ।होडिङ बोर्ड राख्ने फ्रेम सहितका संरचना तोडफोड गर्ने ३ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।सोमबार राती ११ बजेको समयमा कन्याम होडिङबोर्ड राख्ने फ्रेम सहितका संंरचना तोडफोड गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका–६ का नरेश तामाङ, अभिशेक तामाङ र माई नगरपालिका १ का […]

Continue Reading

इलामको पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय काम बिहीन

प्रेम अधिकारी, पशुपतिनगर: इलामको नेपाल भारत सीमावर्ती पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय काम बिहीन भएको छ । बिदेशी नागरिकको गैरकानुनी गतिविधि तथा अध्यागमन तथ्याङक ब्यवस्थित गर्न र बिदेशी पर्यटकलाई सहजीकरणका लागि भन्दै स्थापना भएको अध्यागमन कार्यालय चार बर्ष देखि काम बिहीन अवस्थामा रहेको हो । उक्त कार्यालयको चार बर्ष अघि तत्कालिन गृहमन्त्री रामबहादुर थापाले तामझामका साथ […]

Continue Reading

असिनाले पर्यटकीय क्षेत्र कन्याम सेताम्मे(फोटो फिचर)

फिक्कल: मौषम परिवर्तन आए संगै परेको असिनाले कन्याम सेताम्मे भएको छ । पर्यटकीय क्षेत्र हर्कटे र कन्यामको बिच चिया बारी असिनाले सेताम्मे भएको हो । बर्षौ पछि उक्त क्षेत्रमा असिना परेको स्थानीयले बताएका छन ।आज इलामको सन्दकपु, जौबारी सहितका क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । ती क्षेत्रमा हिमपात संगै असिना समेत परेको छ । […]

Continue Reading

इलामको सीमावर्ती जौबारी बजार सुनसान बन्दै

मरवाडी समुदाय बिस्तापित प्रेम अधिकारी,इलाम: इलामको एतिहासीक बजार जौवारीका ब्यवसायी थुम्बे शेर्पा यतिबेला फूर्सदिलो बन्नु भएको छ । बिगत लामो समय देखि जौबारी बजार सुनसान भएपछि शेर्पाले फुर्सद पाउनु भएको हो । नेपाल भारतको सीमावर्ती जौबारी बजार केहि बर्ष देखि सुनसान बनेको शेर्पाले बताउनु भयो ।पहाडी जिल्ला इलाम , पाँचथर र ताप्लेजुङका ब्यपारी र स्थानीयले […]

Continue Reading

इलामको जौबारी लागयतका क्षेत्र हिउले सेताम्मे, हिउ खेल्दै पर्यटक(फोटो फिचर)

फिक्कल: इलाम जिल्लाका उच्च पहाडी क्षेत्र हिउले सेताम्मे भएका छन । । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ लगातका स्थानमा बुधबार बिहानैबाट हिमपात भएपछि आज पनि हिउले सेताम्मे छन । आज पनि जौबारी लागयतका क्षेत्रमा हिउ पर्न थालेको छ । हिजो परेको हिउ पग्लन नपाउदै हिउ पर्न थालेको छ । जौबारी पुगेका संचारकर्मी देवि […]

Continue Reading

इलामको सन्दकपुर लगायतका उच्च क्षेत्रमा बाक्लो हिमपात

फिक्कल: इलामको सन्दकपुर सहित उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । इलामको प्रमुख पर्यटकीय गन्तब्य ३६३६ मिटरको सन्दकपुर,जौबारी, तुम्लिङ, मेघमा लगायतका स्थानमा बाक्लो हिमपात भएको हो । हिमपात सहित जिल्ला भरी ने बर्षा भैरहेको छ । हिमपात र बर्षाका कारण चिसो अत्यधिक बढेको छ ।हिमपातका जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । […]

Continue Reading

कन्याममा प्याराग्लाईडिङ संचालन

प्रेम अधिकारी,कन्याम: इलामको कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले सेवा शुरु गरेको छ । उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको ब्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिनु भयो ।१ हजार ६ सय ७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटर माथी […]

Continue Reading