कन्याममा प्याराग्लाईडिङ संचालन

प्रेम अधिकारी,कन्याम: इलामको कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले सेवा शुरु गरेको छ । उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको ब्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिनु भयो ।१ हजार ६ सय ७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटर माथी […]

Continue Reading

इलामको तुम्लिङ्गमा प्याराग्लाइडिङको परीक्षण उडान , नियमित उडानका लागि पहल गरिदै

फिक्कल: इलामको माइजोगमाई गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल तुम्लिङ्गमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ ।पर्यटकले नयाँ नयाँ गन्तब्य रोजीरहेको बेला सन्दकपुर सर्किटलाई छोएको तुम्लिङ्गबाट पर्यटकलाई थप आर्कषित गर्न प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । काठ्माण्डौ र पाखराबाट आएको प्राविधिक टोलीले उक्त क्षेत्रमा प्याराग्लाइडिङको परीक्षण उडान भरेर नियमित गर्न सकिने जनाएको छ ।उच्च क्षेत्रमा रहेको लेकाली क्षेत्र […]

Continue Reading

इलामको रोङको हाँसपोखरी देखी मेचीखोला सम्म २९ किलोमिटर पदमार्ग निमार्ण अन्तिम चरणमा

गोबिन्द पौडेल: बढ्दो शहरीकरण र कोलाहल युक्त समाजको बिकाससँगै एकान्त र मनोरम दृश्याबलोकन गदै आस्थाकी देवी पाभीरा नजिकै रहेको हाँसपोखरी परिसरबाट छिर्दा राजमार्गले नै छोएको देले डाँडामा निस्कन सकिने भएको छ ।पर्यटन प्रवर्धन गरि स्वरोजगारको बिकाससँगै नागरिकहरुको आर्थिक समृद्धिको दिर्घकालिन योजना अनुसार इलामको रोङ गाउँपालिकाले निमार्ण गर्दै गरेको रोङको गौरबको योजना अनुसार हाँसपोखरी मेचीखोला २९ […]

Continue Reading

इलामको सूर्योदयकी युवन्तिका सगरमाथा आरोहणको तयारीमा

फिक्कल: इलाम सूर्योदय नगरपालिका–१० कि युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ बर्षीया तामाङले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी हुन् ।इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी उनी हालै मात्र सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरेर फर्किएकी […]

Continue Reading

इलामको कन्याम र कुटिडाँडाबाट पाथीभरा दर्शनका लागि हेलिकप्टर ,कन्याममा फन फ्लाईटको व्यवस्था

पशुपतिनगर(इलाम) : स्वदेशी पर्यटकको प्रमुख गन्तब्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा माउण्टेन हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ ।विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ ग्ते देखि २९ गते सम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेशन मेनेजर तथा माउण्टेन हेलिकप्टरका को […]

Continue Reading

इलामको पर्यटकीय स्थल कन्याममा ओलम्पियन बैकुण्ठ मानन्धर संगै म्याराथन

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा सातौ संविधान दिवसको अवसरमा छोटो दुरीको म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा चर्चित पर्यटकीय स्थल कन्यामबाट फिक्कल बजार सम्म ५ किलोमिटर दौड सम्पन्न भएको हो ।कन्यामबाट अन्तराष्ट्रिय स्तरका धावक देखि जनप्रतिनिधि, कर्मचारी , प्रहरी पत्रकार , बिद्यार्थी र सर्वसाधारण एउटै दौडमा सहभागी भएका थिए । एकै […]

Continue Reading

आहा कन्याम ! (फोटो फिचर)

प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले कन्याम सधै भरी पर्यटकको रोजाईमा पर्दे आएको छ ।सूर्योदय नगरपालिकाको प्रवेशद्धारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीवाट उम्किएर इलाम उक्लनेहरुका लागि हरीया घुम्टाहरुले छोप्न आतुर हुन्छ ।अझ गर्मी छल्न आउनेहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिशन नै वनिदिन्छ ।भूई कुहिरोको घुम्टोभित्र लुकाउदैै जो कोहीलाई कन्यामले नयाँ […]

Continue Reading

नेपालमा चिया खेतीको इतिहास !

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि।सं। १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । […]

Continue Reading

सजिलो र उज्यालो रोङको अभियान पुरा गर्छौ : अध्यक्ष शम्शेर राई

इलामको प्रवेशद्धारको रुपमा रहेको रोङ गाउँपालिका भएर मेची राजमार्ग पार गर्दछ । भारत संग सीमाना जोडीएको यो गाउँपालिका झापा संग सीमाना जोडीए पनि भौगोलिक रुपमा निक्कै बिकट छ । भौगोलिक बिकटताका कारण नै रोङको बिकास निर्माणमा पनि निक्कै कठिनाई छ । साविकका कोल्बुङ, जिर्मले, इरौटार र शान्तिपुर गाउँ बिकास समिति मिलाएर रोङ गाउँपालिका घोषणा गरिएको […]

Continue Reading

इलामको रोङ गाउँपालिका मौरी पालनमा ब्यवसायीक बन्दै

प्रेम अधिकारी,इलाम: इलामको रोङ ४ हडियाका बलराम तामाङ बिहानै देखि साझै सम्म मौरी बिकास केन्द्रमा मौरी संगै दिन बिताउनु हुन्छ । बलरामको दिन मौरीको हेरचाह र स्याहार सुसारमै बित्ने गर्छ । उहाको दैनिकी लामो समय देखि मौरी संगै बित्ने गरेको छ । उहा भन्नु हुन्छ ‘घर परिवार भन्दा पनि मौरीकै चिन्ता लाग्न थालेको छ ।’इलामको […]

Continue Reading