पत्रकार महासंघ पाँचथर अध्यक्ष ढुंगानाद्धारा जन्मदिनमा पत्रकारलाई मास्क वितरण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली मनोरञन शिक्षा सूचना प्रविधि

पाँचथर : जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले ५० वटा के एन ९५ मास्क वितरण गर्नुभएको छ ।
महासंघ शाखाको निर्माणधिन भवनमा उहाँले सामाजिक दूरी कायम गर्दे के एन ९५ मास्क वितरण गर्नुभएको हो ।
सुरक्षा संवेदनशीलतलाई ख्याल गर्दे अग्रपङक्तिंमा खटिएर काम गर्ने पत्रकारहरुलाई फिल्डमा खटिएर कार्य गर्दा सहज होस भन्ने उद्धेश्ले मास्क वितरण गरेको अध्यक्ष ढुंगानाले बताउनुभयो ।

सुरक्षा भवनको परिशरमा उहाँले श्वेत चन्दनको रुख समेत रोप्नुभएको थियो । निर्माणधिन भवनको असार मसान्त अगावै सकेर उद्घाटन गर्ने तयारीको साथ काम गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।जन्मदिनको अवसरमा पत्रकारहरुले अध्यक्ष ढुंगानालाई शुभकामना ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.