गायक रगुन गुरुङको ‘एकान्तमा झेल्दै छु म कोरोनाको कहर’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

Breaking News Hot News Mukya Samachar Special News Trending आर्टीष्ट प्रोफाइल घुमफीर जीवन शैली प्रमोसन मनोरञन स्वास्थ्य/शिक्षा

फिक्कल: गायक रगुन गुरुङको कोरोना संक्रमण पछिको एकान्त बसाँईलाई समेटेर तयार पारिएको कोरोना बिशेष गीत ‘एकान्तमा झेल्दै छु म कोरोनाको कहर’ सार्वजनिक भएको छ ।
कोरोना भाईरस(कोभिड १९) ले बिश्व थलिएको अवस्थामा नेपालमा पनि लामो समय देखि भएको लकडाउन र लकडाउनमा घरमा बस्दाका पीडा र कोरोना संक्रमण पछिका अवस्था समेटेर तयार पारिएको गीतको म्यूजिक भिडियो जीएम प्रोडक्सन लिमिटेडको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतको कथाले कोरोना कहर पछि समाजमा निम्तीएको यर्थाथपनलाई चित्रण गरेको छ । कोरोना संक्रमीत आफना प्रेमीलाई छोडेर प्रेमीकाले अर्को प्रेमी त्यहि समयमा रोजेको कथा भिडियोमा चित्रण गरिएको छ । कोरोना संक्रमित ब्यक्तिलाई ब्यक्ति समाजले समेत हेला गरिरहेको दृश्य गितमा चित्रण गरिएको छ ।
जय भण्डारीको शब्द, रुवेन शाहीको संगीत÷एरेन्ज र गायक रगुन गुरुङको स्वरमा रहेको उक्त गीतको म्यूजिक भिडियोमा कलाकाहरु बसन्त , अस्मिता, सुदिप लगायतले उत्कृष्ठ अभिनय गरेका छन् । दिनेश राईले छायांकन गर्नु भएको उक्त गीत भर्खरै सार्वजनिक गरिएको छ । गीत सार्वजनिक गर्दै गायक गुरुङले कोरोनाका कारण घरमा थलीएको जिवनको चित्रण गीतमा उतारिएको बताउनु भयो ।
इलामको सूर्योदय नगरपालिकामा स्थाई बसोबास गर्दे आउनु भएका गायक गुरुङका प्रियता र आफनो पन एल्बम यस अघि नै सार्वजनिक भैसकेका छन। करिव तीन दर्जन गीतमा आफनो सुमधर आवाज दिई सक्नु भएका गायक गुरुङले गीत संगीतमा निरन्र्तता दिन ग्रामिण क्षेत्रमै बसेर पनि सकिन्छ भन्ने उद्दाहरण दिई सक्नु भएको छ । गायक गुरुङ नीजि तथा आवासीय बिद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) इलामको बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ ।

भिडियो

Leave a Reply

Your email address will not be published.