पूर्व प्रधानमन्त्री झलनाथ खनालको शब्दमा गायक यम बरालले गरे इलामको सुन्दरताको बर्णन (भिडियो सहित)

Breaking News Hot News Mukya Samachar Special News Trending आर्टीष्ट प्रोफाइल घुमफीर मनोरञन

प्रेम अधिकारी, इलाम: पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ (जेएन) खनालको शब्द रहेको इलाम हाम्रो चियाबारी राम्रो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेताखनालको शब्दमा इलामका बिभिन्न पर्यटकीय र प्राकृतिक ठाउँको बर्णन गरिएको गीतमा चर्चीत गायक यम बरालको स्वर रहेको छ । मिलन तिमल्सीनाको संगीत रहेको उक्त गीतको एरेन्ज दिनेश राजबहकले गरेका छन ।
द पेक डिजिटल रेर्कडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत डाईनामिक मल्टीमिडियाको ब्यानरमा निर्माण गरिएको छ । गीतको निर्देशन राज केसीले गर्नु भएको छ । इलामको सन्दकपुर , माईपोखरी , कन्याम , अन्तु ,इलाम चिया बगान जस्ता क्षेत्र समेटीएको उक्त गीतको भिडियोमा कृष्ण भट्टराई , प्रमोद रावल , अविषेक गुरुङ, प्रेम , कपिल बुढाथोकी , सन्तोष लोहार , मुकेश घतानी, पूर्णीमा थामी र आरोही श्रेष्ठलले अभिनय गरेका छन ।
नरेस ऐरको छायाङकनमा निर्माण गरिएको गीतको सम्पादन प्रकाश एसकेले गरेका छन । भिडियोमा पत्रकार सुजन तिम्सीनाले निर्माण गर्नु भएको सन्दकपुर गाउँपालिकाको बृतचित्रका दृश्यहरु समेत समेटीएको छ । गीत केहि दिन अघि ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published.