यमराज घुमिरहेछ (गजल)

  • 269
    Shares
यमराज घुमिरहेछ (गजल)

लक्ष्मी प्रसाद अधिकारी:

यमराज घुमिरहेछ आगनहरुमा ।
उत्साह देखिदैन जीवनहरुमा ।।

बिजयको उत्सब मनादैछ कालले,
हिक्मत हरायछ तिम्रा गन हरुमा ।।

रुपैयाँँले विश्व मुठ्ठिमा राख्नेहरुको,
कोरोना बाँस बसेकोछ मनहरुमा ।।

हरायकाछन् बर्षौ देखिका क्रोधहरु,
केबल माया देखिन्छ दुश्मनहरुमा ।।

लास बलात्कार हुन बच्दैन मन्त्रीबाट,
भ्रष्टाचारको गन्ध आउँछ सदनहरुमा ।।